लमजुङ समाज यूकेद्वारा सिभिल बैंकका सिईओ गुरुङको स्वागत

SHARE:

एटा संवाददाता
लन्डन । लमजुङ समाज यूकेले बेलायत भ्रमणमा रहेका सिभिल बैंक अफ नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङ तथा उनका पत्नी बिमला गुरुङलाई स्वागत गरेको छ ।
गत आइतबार ६ अक्टोबरका दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा एक परिचयात्मक कार्यक्रमको आयोजना गरी उनीहरुलाई खादा लगाई स्वागत गरिएको हो ।

कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा आमा समूहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सिईओ गोविन्द गुरुङ तथा बिमला गुरुङलाई समाजको तर्फबाट अध्यक्ष विश्वजङ्ग गुरुङ र आमा समूहको तर्फबाट उपाध्यक्ष माला घले र तारा गुरुङले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा सिईओ गोविन्द गुरुङ र बिमला गुरुङले आ–आफ्ना अनुभव बताएका थिए । त्यस्तै, समाजका अध्यक्ष विश्वजंग गुरुङले सिईओ गुरुङ तथा उनकी पत्नी बिमलालाई अमूल्य समयका लागि धन्यवाद दिँदै आपूmले गोविन्द गुरुङसँग गरेका शिक्षण पेसाका केही अनुभवहरु सुनाएका थिए ।

भोजनसमेत व्यवस्था गरिएको कार्यक्रममा सिईओ गुरुङसँग अन्तरक्रिया गरिएको थियो । सो अवसरमा बेलायत र नेपालका एकअर्काका अनुभवहरु समेत आदानप्रदान गरियो ।
समाजका अध्यक्ष विश्वजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमको सञ्चालन समाजका सचिव परशु गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!