नेकपाद्वारा सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस, नेता नेपाल रिसाए

SHARE:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ ।

सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले चयन गरेका नामहरु सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् ।

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए । उनका अनुसार अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाईं, गोविन्द कलौनी र शर्मिला त्रिपाठी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु हटाइएपछि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!