भक्त राना मगर
बेलायत । नेपाल सरकारले हालै सार्वजनिक गरेको “गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयकमा गोर्खा समुदायको पहिचान र अधिकारलाई लिएर गम्भीर प्रश्नहरू उब्जिएका छन्। उक्त विधेयकको परिच्छेद १ को परिभाषा (ङ) ले गोर्खाहरूलाई एनआरएन (NRN) सँगै एउटै डालोमा राखेको देखिन्छ, जसले गोर्खा समुदायको विशिष्ट पहिचान र ऐतिहासिकतामाथि न्याय नगर्ने निश्चित छ।
सि.एन.सि.बी.जी. (CNCBG) ले स्थापना कालदेखि नै गोर्खाहरू एनआरएन नभएको र उनीहरूलाई एउटै टोकरीमा राख्नु अन्यायपूर्ण हुने अडान राख्दै आएको छ। यसै सन्दर्भमा, अध्यक्ष थर्क रानाज्यूले नेपाल भ्रमणका क्रममा विभिन्न सरकारी निकाय र जिम्मेवार व्यक्तित्वहरूलाई भेटी गोर्खा र उनीहरूका सन्ततिहरूको “वंशजको नेपाली नागरिकता” निरन्तर हुनुपर्ने मागसहितको अवधारणापत्र बुझाइसक्नुभएको छ।
अबको यात्रामा सम्पूर्ण गोर्खा समुदायको एउटै आवाज बनाउन र सरकारलाई दबाब दिन एकताबद्ध हुनु आवश्यक छ। एनआरएनको नागरिकता अवधारणाले गोर्खाहरूको हक सुरक्षित नगर्ने प्रस्ट भइसकेकाले, एनआरएनमा संलग्न रहनुभएका सम्पूर्ण गोर्खा सदस्यहरूलाई पनि आफ्नो पहिचानको रक्षाका निम्ति यस अभियानमा गोलबन्द हुन हार्दिक आह्वान गरिएको छ।
यस विषयमा सि.एन.सि.बी.जी. ले हालसम्म गरेका कार्यहरू र आगामी रणनीतिका बारेमा विस्तृत छलफल गर्न आउँदो ४ मे, सोमबारका दिन एक महत्त्वपूर्ण जुम मिटिङ आयोजना गरिएको छ। उक्त बैठकमा सम्पूर्ण गोर्खा समुदायको सक्रिय उपस्थितिका लागि अध्यक्ष थर्क रानाले हार्दिक अनुरोध गर्नुभएको छ। जुममिटिङको लागि मिति र समय तल राखिएको छ।
Date: Monday, 04 May 2026
Time: 1215 hrs for UK & 1800hrs for Nepal
Zoom ID: 86782183213
Pass code: Nepal






