विशेष विमानबाट नयाँदिल्ली फर्किए भारतीय प्रधानमन्त्री मोदी

SHARE:

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी शनिबार अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।

प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!