उत्तरी अफगानिस्तानमा सवारी दुर्घटना, २८ जनाको मृत्यु

SHARE:

अफगानिस्तान । उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए । जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको बताए ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । गत सोमबार साँझ यस्तै किसिमको दुर्घटनामा ११ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । बाल्खाब जिल्लाको पहाडी सडकमा गुडिरहेको मिनिबस अनियन्त्रित भई नदीमा खसेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सडकको दुरवस्था र चालकको लापरवाहीका कारण अफगानिस्तानमा बारम्बार गम्भीर सडक दुर्घटना हुने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!