साउथ ईस्ट रिजनल तमुधिं यूकेको साधारणसभा सकियो

SHARE:

एटा संवाददाता
लन्डन । साउथ ईष्ट रेजिनल तमुधिं यूकेको विविध कार्यक्रमका साथ साधारणसभा सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, पूर्व अध्यक्षहरु हरिगोविन्द गुरुङ, क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, श्रीचन्द्रºगुरुङ र अध्यक्ष हिराप्रसाद गुरुङले दीपप्रज्वलन गरी कार्यक्रम थालनी गरेका थिए ।

साधारणसभाले सहकोषाध्यक्ष कमला गुरुङलाई कोषाध्यक्षमा चयन गर्ने, प्रोपर्टी मेम्वर्स ग्रुप बनाउने, आजीवन सदस्यहरुको १८ वर्षभन्दा माथिको छोराछोरी बाबाआमासँगै बसेका छन् भने स्योरा नलगाउने, अनेरी मेम्बर राख्न पाउने, सदस्यता शुल्क पछि बैठकले तोक्ने, युवाहरुलाई समेट्ने गरी युवा क्लब स्थापना गर्ने, गत ५ अक्टोबरका दिन समाजले आयोजना गरेको पितृपुजामा उठेको १ हजार १६५ पाउन्डलाई डिबिसी यूके, हेभन्ली पथ र लन्डन होमलेस पिपललाई बराबर प्रदान गरिने निर्णय गरेको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु, न्न्भ्क्ब् का अध्यक्ष एवं संस्थाका सल्लाहकार ओम गुरुङ, पूर्वअध्यक्ष एवं संस्थाका सल्लाहकार केशबहादुर गुरुङ, म्द्यऋ ग्प् का उपाध्यक्ष तथा संस्थाका सल्लाहकार हितमान गुरुङ, फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाकी पूर्वआमा प्रमुख तथा पूर्वउपाध्यक्ष कमला गुरुङले संस्थाको देउसीभैलो कार्यक्रमको संयोजन गरी ४ हजार ७४ पाउन्ड २५ पेन्स संकलन गर्न सफल भएकोमा खादा लगाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थाको लेखा हेर्ने नयाँ एकाउन्टेन्ट राजेश सुवेदी र रवि रिमाललाई अध्यक्ष हिराप्रसाद गुरुङले खादा लगाई सम्मान गरे ।

कार्यक्रममा महासचिव डमर गुरुङले वार्षिक प्रतिवेदन, आमा प्रमुख तथा उपाध्यक्ष पार्बती गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत् गरेकी थिइन् । त्यस्तै, कोषाध्यक्ष कमला गुरुङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत् गरेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष हिराप्रसाद गुरुङले स्वादिष्ट भोजन पकाएर खुवाउने यामु तथा तारा गुरुङ, धन तथा तारा गुरुङ, जितमान गुरुङ, आमा प्रमुख तथा उपाध्यक्ष पार्बती गुरुङ लगायत आमा समूहलाई धन्यवाद दिए । त्यस्तै, उनले उपस्थितिका लागि सबै सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै आगामी दिनहरुमा पनि साथ र सहयोगका अपेक्षा गरे ।

संस्थाका अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डमर गुरुङले कार्यक्रम सञ्चालन गरेको संस्थाकी सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!