एटा संवाददाता
लन्डन । साउथ ईस्ट रिजनल तमुधिंले ‘सिनियर सिटिजन कफी डे’ को आयोजना गÂ¥यो । साउथ ईस्ट क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई स्वास्थ्यबारे जानकारी गराउने उद्देश्यअनुरुप गत ९ नोभेम्बर २०१९ शनिबारका दिन समाजको आप्mनै भवनमा कफी डेको आयोजना गरिएको हो । सो समाजले यसअघि पनि जेष्ठ नागरिक केन्द्रित कफी डेको आयोजना गर्दै आएको छ ।
जेष्ठ नागरिक आमाबुबाहरु, डाक्टर, नर्स र समाजका सदस्यहरुको गरिमामय उपस्थिति रहेको कार्यक्रममा डा.रविन्द्र गुरुङ, डा. प्रिति गुरुङ, डा. राजेन्द्र गुरुङ, नर्स सोभना गुरुङ र शिखा गुरुङको मेडिकल टिमले विभिन्न रोग, रोगबाट बच्ने उपाय लगायत महत्वपूर्ण जानकारी दिएका थिए । उनीहरुले उच्च रक्तचाप, मधुमेह (चिनी रोग), डिमेंसिया लगायत रोगका बारे जानकारी गराउँदै जाडोयाममा कस्तो लुगा लगाउने, कस्तो खाना खानु पर्छ भन्नेबारे समेत जानकारी गराएका थिए ।
सो अवसरमा साउथ ईस्ट रिजनल तमुधिं यूकेका अध्यक्ष हिराप्रसाद गुरुङले उनीहरुलाई खादा तथा पुष्पगुच्छाले स्वागत गर्दै जानकारीका लागि धन्यवाद दिएका थिए । कार्यक्रममा नेसा तथा बेक्सलीहिथ वेलिङका पूर्वअध्यक्ष एवं समाजका सल्लाहकार केशबहादुर गुरुङ तथा उनकी धर्मपत्नी मनकाशी गुरुङले खानाको प्रायोजन गरेका थिए । सो अवसरमा उनीहरुलाई अध्यक्ष गुरुङले खादा लगाई धन्यवाद दिए । त्यस्तै, कार्यक्रममा समाजका आजीवन सदस्य एवं जेष्ठ नागरिक काजी गुरुङ तथा पार्बती गुरुङ जन्मभूमि नेपाल फर्किने भएकाले उनीहरुलाई अध्यक्ष गुरुङले खादा लगाई र पुष्पगुच्छा दिँदै यात्रा सफलताको शुभकामना दिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष गुरुङले आफ्नो अमूल्य समय दिनुभई कार्यक्रममा उपस्थिति भएका स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, पूर्वआमा प्रमुख तथा उपाध्यक्ष कमला गुरुङ, आमा प्रमुख तथा उपाध्यक्ष पार्बती गुरुङ तथा आमा समूह लगायत समाजका पदाधिकारी तथा सदस्यहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै आगामी कार्यक्रमहरुमा सबैको साथ, माया र सहयोगको अपेक्षा गरे ।
समाजका अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कफी डे कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डमर गुरुङले कार्यक्रम सञ्चालन गरेको साउथ ईस्ट रेजिनल तमुधिंका सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिइन् ।






