म्याग्दीको तातोपानीमा बाढीबाट दुई घर पुरिए

SHARE:

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ ।

वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए । भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पुर्‍याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरेका थिए।

यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि सवारी आवागमन ठप्प भएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!