कङ्गोमा दादुरा रोगको महामारी

SHARE:

गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ ।

संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार संस्थाहरुले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ ।

१५ महिनाको अवधिमा इबोलाले भन्द्या दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको जनाइएको छ ।

आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्यूएचओले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।

पर्याप्त खोप उपलब्ध नहुँदा अहिलेसम्म ४० लाख बालबालिकालाई मात्र खोप लगाउन सकिएको छ । जबकी खोप लगाउनुपर्ने बालबालिकाको संख्या योभन्दा आधा बढी रहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!