काठमाडौं । तमू ह्युल छोंज घीं गुरुङ राष्ट्रिय परिषदले तमू ल्होसारमा दिदै आएको सार्वजनिक विदा खारेजीको विरोध गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउँदै परिषदले तमू ल्होसार (पौष १५) लगायत अन्य आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशिघ्र पुर्नस्थापित गर्न माग गरेको छ ।






