भारतका विभिन्न राज्यमा आएको आँधीबेहरीमा ६१ जनाको मृत्यु

SHARE:

नयाँदिल्ली । भारतका विभिन्न राज्यमा आइतबार राति आएको धूलोसहितको आँधीबेहरीमा परी कम्तीमा ६१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले सबैभन्दा बढी उत्तर प्रदेशमा ३८ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

५० जनाभन्दा बढी घाइते भएका छन् । दुई साताअघि आएको आँधीबेहरीका कारण भारतमा १ सय ९ जनाको ज्यान गएको थियो । तीमध्ये ७० जना उत्तर प्रदेशका थिए । त्यसैगरी आँधीबेहरीका कारण आन्ध्र प्रदेशमा १२, पश्चिम बंगालमा ९ र नयाँदिल्लीमा २ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । दिल्ली र आसपासका क्षेत्रमा १ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!