‘नेपाल १ नम्बरको घुम्नलायक’

SHARE:

काठमाडौँ । नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ ।

चर्चित अमेरिकी पत्रिका फोर्ब्सले नेपाललाई सन् २०२० र आउने दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृष्ट देशभित्र राखेको हो । पत्रिकाले एमाजोन जंगलदेखि सगरमाथालाई समेटेको हो।

पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ । पत्रिकाले चितवनमा अवस्थित टाइगर टप्स रिसोर्टको थारु लज, हात्तीमा गरिने जंगल सफारी, बाघ तथा सूर्यअस्ताएको मनोरम दृश्यहरु देख्न सकिने कुरालाई प्राथमिकतामा राखेको छ।

यस्तै राजधानीमा अवस्थित द्वारिका होटललाई ‘जिँउदो संग्राहलय’को रुपमा व्यख्या गरेको छ। मानिसहरुलाई आकर्षित गर्ने धेरै ठाउँहरु अझै चर्चामा नआएको उल्लेख गर्दै पत्रिकाले पर्यटकहरुलाई नेपालका त्यस्ता ठाउँहरुमा भ्रमण गर्न आग्रह गरेको छ।

यस्तै, नेपालको हिमाली क्षेत्रको पदयात्रा पनि रोमाञ्चक हुने पत्रिकाले वर्णन गरेको छ। सो पत्रिकाले सगरमाथा बेस क्याम्पको यात्राको समेत वर्णन गरेको छ । यस्तै विश्व आर्थिक मञ्चले भ्रमणका लागि नेपाल विश्वको १५ औँ सस्तो मुलुक भएको उल्लेख गरेको छ।

गत अगस्टमा सीएनएनले घान्द्रुकलाई एसियाको १३ औँ फोटोजेनिक सहरको रुपमा सूचीकृत गरेको थियो। लन्ली प्लानेटले सन् २०१९ मा काठमाडौं विश्वको उत्कृष्ट घुम्न लायक सहरको रुपमा राखेको थियो।

फोर्ब्सको अन्य घुम्न लायक मुलुकको सूचीमा इक्वेडर, न्यूज्यालेन्ड, पेरु, आलस्का, ब्राजिल, मोरोक्को, चीन, फिनल्यान्ड र केन्या छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!