काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ ।
अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका छन् ।
नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।
महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।
अब माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ ।
सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।






