विश्व, मनमाया र जितु आइपुगे बेलायत, हिथ्रो एयरपोर्टमा तामाङ समाज यूकेद्वारा स्वागत

SHARE:

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित कलाकारहरु विश्व दोङ, मनमाया वाइबा र जितु लोप्चन बेलायत आइपुगेका छन् ।

गायक दोङ, गायिकाहरु वाइबा र लोप्चन बुधबार राति लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनीहरुलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा स्वागत गरेका समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमका लागि चर्चित गायक राजु लामा यसअघि नै बेलायत आइसकेका छन् । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको पनि कार्यक्रममा विशेष प्रस्तुति रहने छ ।

फेस्टिभलमा तामाङ समुदायको ऐतिहासिक धरोधर मानिने लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ भने तामाङ सेलो, म्हेन्दोमाया गीतमा नाचगान हुने आयोजकले जनाएको छ । फेस्टिभल वुडल्यान्ड राइज, ग्रीनफोर्डमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । कार्यक्रम सफल पार्न आयोजकले विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक चन्दासमेत संकलन गरिरहेको छ । प्रवेश शुल्क वयस्कलाई २५ पाउन्ड, विद्यार्थीलाई २० पाउन्ड र बालबालिकालाई १५ पाउन्ड लाग्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!