अफगानिस्तानमा शक्तिशाली भूकम्प

SHARE:

काठमाडौं । अफगानिस्तानमा ६.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दकुश क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पको धक्का पाकिस्तान र उत्तरी भारतमा समेत महशूस गरिएको छ ।

नेपाली समय अनुसार साँझ ५ बजेर २५ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट पाकिस्तानको राजधानी ईस्लामावादमा भागदौड हुँँदा मानिस किचिएकाे समाचारमा जनाइएको छ ।

यस्तै भारतीय राजधानी दिल्ली, कश्मिर तथा उत्तर भारतीय शहरहरुमा पनि भूकम्पको ठूलै धक्का महशूस गरिएको थियो । अफगान राजधानी काबुलदेखि २४५ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दू रहेको जनाइएको छ । एजेन्सी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!