हेलिकप्टर दुर्घटनामा ताइवानमा सेनापतिसहित ८ जनाको मृत्यु

SHARE:

ताइपेई । ताइवानमा भएको हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ । न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा बिहीबार बिहान सैन्य हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेको ताइवान न्यूज डट कमले जनाएको छ।

दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ। हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए। प्रधानसेनापति शेन ताइवानका वायुसेना प्रमुख पनि हुन्।

आगामी जनवरी ११ तारिखमा राष्ट्रपतीय तथा संसदीय चुनाव हुनुअघि यो दुर्घटना भएको हो। यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ। चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट निवर्तमान राष्ट्रपति साई इङ वेन र कुमिन्ताङ पार्टीबाट हान कुओ युबीच प्रतिस्पर्धा हुने भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!