तमु प्ये ल्हु संघ यूकेले च्यु ल्होसार २०१९ मनायो

SHARE:

ह्यारो लेजर सेन्टर (लन्डन) । तमु प्ये ल्हु संघ यूकेले विभिन्न कार्यक्रमसहित च्यु ल्होसार २०१९ मनाएको छ ।

ह्यारो लेजर सेन्टर लन्डनमा, ३१ तारिख २०१९ मंगलबारका दिन मृग (फो ल्हो) वर्गलाई बिदाइ र मुसा (च्यु ल्हो) वर्गलाई स्वागत गरी प्ये ल्हु संघले भव्य तबरले ल्होसार मनाएको हो । अध्यक्ष मेजर (रिटायर्ड) खुशीमान ल्हेगेँ एमभीओको अध्यक्षमा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

तमु प्ये ल्हु संघ यूकेको पच्यु पैँडी चिबा यारजंग क्रोम्छे, पच्यु चिबा जित क्रोम्छे, क्ल्हेप्री चिब हिरा म्होब्छे लगायत गुरुहरु र खेगी संयोजक डम्बर टु क्ल्हेप्रीको संयोजनमा बिहान १० नै पूजा गरी दिनको १ बजे पूजा समापन गरिएको थियो । त्यसपछि उपस्थित सबैले पच्यु चिबा र क्ल्हेप्री चिबाको हातबाट रुपा लगाए ।

च्यु ल्होसार मनाउनका लागि उपस्थित सबै जना आफ्नो गुरुङ मौलिक भेषभुषामा सजिएका थिए । कार्यक्रममा आमन्त्रित पहुनाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो भने एक आपासमा भलाकुसारीमा व्यस्त दिखिन्थे ।

प्रमुख अतिथि राजदूत सुवेदी र उनकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीको आगमन अपराह्न साढे ४ बजे हुँदा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष लगायत सबै जनाले उठेर सुमधुर गीतको धुन बजाएर स्वागत गरेका थिए । प्रमुख अतिथिको आगमनपश्चात् संघका महासचिव खेम सर्बुजाले मर्यादाक्रमनुसार आसनग्रहण गराएपछि विभिन्न विधामा उच्च शिक्षा हासिल गर्ने छोराछोरीहरु, संघका कुनै सदस्यहरु ब्रिटिस आर्मीमा पदोन्नति भएका र नेपालबाट आएका कलाकारहरुलाई प्रमुख अतिथि, उनकी धर्मपत्नी र संघका अध्यक्ष र उनकी धर्मपत्नीबाट सम्मानस्वरुप प्रशंसापत्र, क्रेगी र कर्मु प्रदान गरे । सोही क्रममा पच्यु पैँडी चिबा यारजंग क्रोम्छेलाई, गुरुङ जातिको धर्म, रीतिरिवाज संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरेको, उनको अथक् प्रयासलाई कदर गर्दै प्रशंसापत्रको साथमा क्रेगीले सम्मान गरिएको थियो ।

त्यसपछि अध्यक्ष मेजर (रिटायर्ड) खुसीमान ल्हेगे (एमभीओ), बेलायतका लागि नेपाली राजदूत सुवेदी र संघका विशिष्ठ व्यक्तित्वहरुको माझमा तमु प्ये ल्हु संघ यूकेको मुखपत्र क्रेगी पत्रिकाको विमोचन गरियो । यो पत्रिका यूकेमा पहिलो पटक प्रकाशन भएको हो । यसले भविष्यमा तमु भाषा, धर्म, रीतिरिवाजलाई जोगाइराख्न ठूलो टेवा पुर्‍याउने आसा गरिएको छ ।

सांस्कृतिक कार्यक्रममा नानीहरुको नाचदेखि आमाहरुको नाचले सबैलाई मनोरञ्जन दिलाउन सफल भएको थियो । त्यसमा बाबाहरुको गीत पनि गुञ्जयमानले सांस्कृतिक कार्यक्रममा अझ रौनकता छाएको थियो । मनोरञ्जन र सबै कलाकारहरुको संयोजन गर्नमा सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री खटिएका थिए । त्यसपश्चात् नेपालबाट आएका कलाकारहरु तिलकबहादुर गुरुङ, तारा श्रीस, राजन गुरुङ, प्रकाश गुरुङ र विष्णुमाया गुरुङको बेजोड प्रस्तुति रह्यो । उनीहरुले गुरुङ भाषा साथै नेपाली भाषामा विभिन्न गीतहरु गाएर उपस्थित सबै जनाको मन जितेर नचाउन सफल भए ।

गायक राजन गुरुङको ‘उही खोलीमा माछा, उही खोलीमा पानी’को साथमा र अन्य कलाकारका रोचक र मनमोहक गीतसँगै सबै जना नाचेर आनन्द लिन लिए । यसरी यस वर्षको च्यु ल्होसार बेलुकाको ठीक ११ बजे समापन भयो ।

अन्त्यमा नेपालबाट आएका कलाकारहरुलाई फेरि पनि हौसलास्वरुप केही नगद र पुष्पगुच्छा दिएर बिदाइ गरिएको थियो ।

तमु प्ये ल्हु संघ यूकेले आयोजना गरेको च्यु ल्होसारले अब आउने दिनहरुमा नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभुषा संस्कार संस्कृतिको माया गर्नु पर्दछ र तमुहरु एक भएमा नै सबल र प्रबल हुनेछौं भन्ने पाठ सिकाएको आयोजकको भनाइ थियो ।

अन्त्यमा, यो बर्षको च्यु ल्होसारलाई सफल बनाउन सहयोग पुर्‍याउने तमु प्ये ल्हु संघ यूकेका सबै सल्लाहाकार, आमा समूह, युवा समूह, खेगी समूह, आजीवन सदस्यहरु, च्यु ल्होसारमा उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दलाई तमु प्ये ल्हु संघ यूकेको तर्पmबाट अध्यक्ष खुसीमानले कृतज्ञता व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!