नेपाली समुदायलाई योगदान गरेका व्यक्तिहरु आइएनइए अवार्डद्वारा सम्मानीत

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा क्रियाशील हयाब अ मोमेन्टले बेलायतको नेपाली समुदायमा रहेर विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

गत शनिबार ११ जनवरी बेलुकी अल्डरसटस्थित एम्पायर हलमा आयोजित ‘इन्टरनेसनल नेप्लिज एक्सीलेन्टर अवार्ड– आइएनइए अवार्ड यूके २०२०’ नामक कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो ।

बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सोसल एक्टिभिस्ट लेक्स लिम्बु, मेकअप आर्टिस्ट प्रेक्षा बस्नेत गुरुङ, एक्टर मेल धिरज मगर, एक्टर फिमेल जसिता गुरुङ, निर्देशक मिलन चाम्स, वेष्ट मिडिया पर्सनालिटी नवीन पोखरेल, द साइनिङ स्टार प्रतिष्ठा (तृष) राउत, योङ इन्टरप्रिनर धन तामाङ, यु ट्यूबर सेगा गुरुङ, वेस्ट डिजे डिजे सिभा, वेस्ट फोटोग्राफर ज्ञान गुरुङ, वेस्ट इभेन्ट गोर्खा कप, विजनेस इन्फ्लुएन्सर योगेन क्षेत्री, स्पोर्टस् पर्सन कुशल लिम्बु, पब्लिक सर्भिस पुष्पा सुनुवार, म्यूजिक आर्टिस्ट जय अथर, आउटस्टयान्डिङ अचिभमेन्ट स्नेहा शाक्य श्रेष्ठ (ब्यारिस्टर), प्यारामाउन्ट अचिभमेन्ट अवार्ड निर्मल (निम्स) पुर्जाले पाएका छन् ।

सो अवसरमा अवार्ड विजेताहरुलाई प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई, एनआरएनए यूके पूर्वअध्यक्ष योगकुमार फगामी, काउन्सिलर प्रवेश केसी लगायतले अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

राजदूत डा. सुवेदीले कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै युवाहरुको एउटा समूहले गरेको सम्मान आउँदो पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे । डा. सुवेदीले आयोजक हयाब अ मोमेन्टका निर्देशक नवीन गुरुङ लगायतलाई बधाइ दिँदै यस्ता सम्मान कार्यक्रमले समाजसेवामा अझ सक्रिय रहन हौसला मिल्नेसमेत बताए ।

कार्यक्रममा ह्याब अ मोमेन्टकी निशा गुरुङले स्वागत मन्तव्य दिँदै कार्यक्रम प्रतिस्पर्धा भन्दा पनि समाजमा योगदान गरेका व्यक्तिहरुको कदर गर्न आयोजना गरिएको बताइन् । उनले अवार्ड निष्पक्ष बनाउन आफूहरुले सक्दो प्रयास गरिएको जनाउँदै पुरस्कृत नभएकाहरुको पनि समाजमा उत्तिकै योगदान गरेको बताइन् । विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत् गरिएको कार्यक्रमलाई सूर्य गुरुङ र विभा गुरुङले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!