लन्डन । बेलायतमा यही १४ जुन २०२६ आइतबार ‘आकाशैको झिलीमिली तारा’ कौराह गीतको छायांकन सम्पन्न भएको छ ।
निरा थापा मगर र मनसुधन थापा मगरको आवाजमा सजिएको गीतको छायांकन भव्य रुपमा सम्पन्न भएको हो । उक्त गीतको शब्द/लय
मनसुधन थापा मगरले गरेका सिर्जना गरेका हुन् । संगीत संयोजन सागर बिरही, भिडियो निर्देशन/छायांकन कुशल श्रेष्ठ, कोरियोग्राफी
सविता राना (नाना) गरेका छन् ।
विशेषगरी बेलायतमा बसोबास गर्ने तनहुँवासी, मगर तथा गुरुङ समुदायका सदस्यहरूको अमूल्य सहयोग र सक्रिय सहभागिताले छायांकनलाई अझ अर्थपूर्ण र सफल बनाएको गायिका निराले बताएकी छन् । उनले विशेष सहयोग पुर्याउने अनिता राना, कुमार राना, बल थापा, कमल राना, मोहन बिर थापा, वीर बलाल, रुक आले, मिन राना, बल थापा, ऋषि राना २, केशर राना, नानु राना, दिपक थापा माईथाने, उदय थापा, शान्ति थापा, कृष्ण थापा, तनुजा थापा, छबिमाया पुन, गंगा थापा, तिल थापा, महेन्द्र आले, विष्णु शिरिस, अशोक बुडाथोकी, गिरी गुरुङ, पम्फा थापा, डान्सर टिम, सबिता राना (नाना) , तनहुँ समाज युके, मगर संघ यूके, यूएचएसबी ब्रान्च, फार्नबोरो आमा समूहलगायत सम्पूर्ण स्पोन्सर तथा सहयोगीलाई विशेष धन्यवाद दिएकी छन् ।
नेपाली मौलिक कौरा संस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने आफूहरुको प्रयासमा साथ, माया र विश्वासले ठूलो ऊर्जा प्रदान गरेको उनले बताएकी छन् । उक्त गीत निरा थापा मगर अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिने जनाइएको छ ।
















