मंगलवार १६ जुन २०२६ – बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको बैठक जुम मार्फत सम्पन्न भएको छ।
उक्त बैठकमा पत्रकार महासंघ युकेले हालै सम्पन्न गरेको वेल्स भ्रमणका बारेमा गहिरो समीक्षा गरिएको छ। त्यस्तै, आगामी शुक्रबार १० जुलाई २०२६ का दिन आयोजना हुने स्थापना दिवस मनाउने तयारी तथा त्यसका लागि तोकिएका जिम्मेवारीहरूका बारेमा व्यापक छलफल भएको छ। स्थापना दिवसको अवसरमा पत्रकार महासंघ युकेले रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।
बैठकमा संस्थाकी सचिव मञ्जु भण्डारी खरेल गुल्मी समाज युकेको अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ भने कार्यसमिति सदस्य नगेन्द्र नेम्वाङका पिता कुवेरसिङ नेम्वाङको स्वर्गारोहण भएकोमा दुःख व्यक्त गर्दै शोक-समवेदना प्रकट गर्ने निर्णय भएको छ।
त्यस्तै, बैठकमा सल्लाहकार चयन र नयाँ सदस्यता वितरण गर्ने बारेमा व्यापक छलफल गर्दै स्थापना दिवसमा विभिन्न संघ-संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ।
एफएनजे युकेकी अध्यक्ष विमला सेनको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव खेमराज रानाभाटले गर्नुभएको थियो। बैठकमा संस्थापक अध्यक्ष नवीन पोखरेल, निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, केन्द्रीय प्रतिनिधि डा. दुत पुन (चिम्खोले काइँला) लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।






