राष्ट्रिय सभा निर्वाचनमा को कहाँबाट विजयी ? [सूचीसहित]

SHARE:

राष्ट्रिय सभा निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइहरहेको छ । १८ सिटका लागि बिहीबार सात प्रदेशमा भएका निर्वाचन परिणाम आइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको परिणाम यसप्रकार रहेको छ ।

प्रदेश १ बाट

नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् ।

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए । महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् ।

अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

प्रदेश २ बाट

राष्ट्रियसभा सदस्यका लागि भएको मतदानको मतपरिणामअनुसार नेकपा उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् । नेकपा र राजपाकी संयुक्त उम्मेदवार दाहालले महिला सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसकी नगिना यादवलाई पराजित गरेकी हुन्।

निर्वाचन कार्यालयका अनुसार दाहालले ५ हजार २०८ मत प्राप्त गरिन् भने यादवले ४ हजार ७४० मत प्राप्त गरेकी थिइन्। यादव कांग्रेस र समाजवादी पार्टीकी उम्मेदवार हुन्।

गण्डकी प्रदेशबाट

नेकपाका उम्मेदवारहरु विजयी भएका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन लगत्तै भएको मतगणनामा श्रेष्ठले ३४६२ र न्यौपानेले ३३६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश ५ बाट
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका छन् । बिहीबार बेलुका सम्पन्न मत परिणाम अनुसार नेकपाबाट महिलातर्फ बिमला घिमिरे, अपांग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

अपांग/अल्पसंख्यक कोटाबाट शर्मा ५ हजार ४ सय २४ मतभारसहित विजयी भएका छन् । शर्माका प्रतिस्पर्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाई १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भएका छन् । संघीय समाजबादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!