शिव कल्चरलमा हथ योगा प्रारम्भ

SHARE:

अल्डरसट । अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर भवनमा गत आइतबार २६ जनवरी बिहानबाट हथ योगा प्रारम्भ भएको छ ।

बिहान ९:१५ बजेदेखि सुरु भएको योगालाई ओकिङ्घकी योग प्रशिक्षक अर्चना थापाले प्रशिक्षण गराएकी थिइन् । आफूसँग भएको सीप नि:शुल्क रुपमा सिकाउन उनी अल्डरसट आएकी हुन् । हथ योगा प्रत्येक आइतबार बिहान ९ देखि १० बजेसम्म निरन्तर सञ्चालन हुने भएको छ । सो भवनमा योगा सँगसँगै ध्यानसमेत गराइने कम्युनिटी सेन्टरले जानकारी दिएको छ । प्रशिक्षणको क्रममा प्रशिक्षक थापाले योगाले शरीरलाई स्वस्थ बनाउने बताउँदै सूर्य नमस्कार योगासमेत गराएकी थिइन् । सोही क्रममा कम्युनिटी सेन्टरका संरक्षक रोहित गुरुङले प्रशिक्षणका लागि थापालाई धन्यवाद दिए । सो अवसरमा कम्युनिटी सेन्टरका उपाध्यक्ष वाचस्पति रेग्मी, महासचिव बिक्रम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

मानिसको मन, मष्तिष्क र शरीर स्वस्थ राख्नका लागि योगालाई महत्वपूर्ण मानिन्छ । पछिल्लो समय पूर्वीय दर्शनमा आधारित योगाप्रति धेरैको आकर्षक बढ्दै आउने क्रममा बेलायतमा बसोबास गर्ने नेपालीहरुको समेत यसप्रति चासो बढ्दै आएको हो । सोही क्रममा नेपालबाट मनोक्रान्तिका गुरु डा. योगी बिकाशानन्द, ओसो तपोवनका स्वामी आनन्द अरुण, भारतबाट रामदेव, सतगुरु बेलाबेलामा बेलायत आई प्रशिक्षण दिँदै आएका छन् ।

कम्युनिटी सेन्टरले यसअघि ओसो तपोवनका स्वामी आनन्द अरुण, वाचनशिरोमणि पंडित दिनबन्धु पोखरेल, कृष्ण प्रणामी सपनादेवी श्रेष्ठ लगयात थुप्रै प्रशिक्षकहरुलाई आमन्त्रण गरी योग, ध्यान, प्रवचन र प्राणायमहरु गराउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!