श्री बुद्वा भगवान्‌जी जस्तै ज्ञानी बनौं

SHARE:

चन्द्रदेवी तमस्यो


श्री भगवान् बुद्धजस्तै ज्ञानी बनौं
सत्य र अहिंसाको पुजारी बनौं ।
बुद्ध भगवान्ले कहिल्यै देखाउनु भएन आफ्नो सान
त्यसैले उहाँ हुनुहुन्छ यति महान् ।
श्री बुद्ध भगवान्जी शान्तिको दूत बन्नु भइ संसारभरि, विश्वभरि फैलाउनु भयो शान्तिको सन्देश विश्वभरि,
संसारभरि दिनु भयो शान्तिको उपदेश ।
श्री बुद्ध भगवान्जी यति महान् हुनु हुन्छ
एशियाका तारा भनी उहाँलाई चिनिन्छ,
एसियाका तारा भनी उहाँलाई चिनिन्छ ।
बुद्धजस्तै ज्ञानी बनांै, सत्य र अहिंसाको पुजारी बनौं ।
श्री बुद्ध भगवान्जी नेपालमा जन्मिनु भइ बढाउनुभयो
नेपालको सान उहाँ हुनुहुन्छ अति नै महान् ।

श्री बुद्ध भगवान्जी भन्नुहुन्छ सबैलाई गरौं माया
तर कसैलाई पनि नगरौ घृणा ।
श्री बुद्ध भगवान्जस्तै ज्ञानी बनौं
सत्य र अहिंसाको पुजारी बनौं ।
मलाई गर्व लाग्छ म श्री बुद्वा भगवान् जन्मिनु भएको देश
नेपालकी हुँ भन्न पाँउदा
आफ्नो प्राणभन्दा प्यारो लाग्छ आफू जन्मेर हुर्केको देश नेपालको,
आफू जन्मेर हुर्केको देश नेपालको ।

दया, करुणाका सागर हुनुहुन्छ श्री बुद्वा भगवान्जी,
प्रत्येक दिन दुःखीको बन्दु हुनुहुन्छ
श्री बुद्ध भगवान्जी हरेक प्राणीको कण कणमा निवास गर्नुहुन्छ
श्री बुद्वा भगवान् जी ।
श्री बुद्धजस्तै ज्ञानी बनौं सत्य र अहिंसाको पुजारी बनौं ।

श्री बुद्ध भगवान्जी भन्नुहुन्छ
हाम्रो जीवन नै अरुको परोपकारको लागि हो,
हाम्रो जन्म पनि अरुको हित र सेवाको लागि हो,
त्यसैले हामी सबै परोपकारी बनौं हितकारी बनौं ।
कसैको चित्त नदुखाउ, कसैको आँखामा आँसु न देउ सबैको ओठको मुस्कान बनौं
श्री बुद्वा भगवान्जस्तै ज्ञानी बनांै
सत्य र अहिँसाको पुजारी बनौं ।

सबैको इच्छा पुरा गर्ने कोसस गरौं तर कसैको इच्छालाई नमारौ धार्मिक यात्री बनौं र सत्कर्मको गन्तव्यमा लागांै । चित्त शुद्ध बनाउँ मीठो बोली बोलौं
श्री बुद्वा भगवान्जस्तै ज्ञानी बनौं
सत्य र अहिंसाको पुजारी बनौं ।

विशाल हृदय हुनुभएको श्री बुद्ध भगवान्जी,
अमृत वाणी बोल्नुहुन्छ श्री बुद्ध भगवान्जी,
सुन्दर, कोमल कमलको पुष्पमाथि आसन ग्रहण गर्नुहुन्छ श्री बुद्ध भगवान्जी ।
श्री बुद्ध भगवान्जीको अमृत वाणीले अँगुलीमालजस्तो मुर्खलाई पनि बनाइदिनु भयो ज्ञानी, बनाइदिनु भयो ज्ञानी ।
श्री बुद्ध भगवान्जीजस्तै ज्ञानी बनौं सत्य र अहिंसाको पुजारी बनौं,
श्री बुद्ध भगवान्जीले कहिल्यै पनि देखाउनु भएन
आफ्नो सान त्यसैले उहाँ हुनुहुन्छ यति महान् ।
श्री बुद्ध भगवानजस्तै ज्ञानी बनौं सत्य र अहिंसाको पुजारी बनौं ।

पुरानो ठेगाना : आँटीघर मन्छाप कास्की नेपाल,
हाल : प्लमस्टिड लन्डन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!