यूएईमा कार्यरत २ नेपालीलाई कोरोना संक्रमण

SHARE:

काठमाडौं । यूएईमा कार्यरत २ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार दुई नेपालीसहित थप १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये २ नेपाली, ४ स्थानीय, ३ इटालियन, २ बंगलादेशी र १र१ जना रुसी, भारतीय र सिरयाली नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ।

यूएईमा हालसम्म ५ जना संक्रमित उपचारपछि निको भएर फर्किसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। उपचार गरेर फर्केनहरुमा २ स्थानीय, २ इथोपियनर १ थाइल्यान्डका नागरिक छन्।

संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको गल्फ न्युजले बताएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!