बाह्र लाख भारुसहित एक पक्राउ

SHARE:

पर्सा, ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले नियमित चेकजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो ।

सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरीलाई प्रहरीले रजतजयन्ती चोकमा चेकजाँच गर्दा १२ लाख सात हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

कोइरीले बोकेको झोलाबाट प्रहरीले दुई हजार दरको २३५ थान र ५०० दरको एक हजार ४७५ थान भारतीय रुपैयाँ बरामद गरेको हो ।

प्रकाशितः ६ जेठ २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!