विदेशबाट आएका ६२ नेपालीलाई क्‍वारेन्टाइनमा पुर्‍याइयो

SHARE:

काठमाडौं । विभिन्‍न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई शनिबार साँझ भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका व्भििन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका हुन् ।

शनिबार थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । छयहत्तर वर्षीया एक वृद्धासहित पाँच महिला र ५७ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा ज्वरो नापिएको उनीहरुको क्वारेन्टाइनमा पनि ल्याएर ज्वरो परीक्षण गरिएको नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । क्वारेन्टाइनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ । स्वाब भने भोलि सङ्कलन गरिनेछ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कटिङ गर्दै सुरक्षित रुपमा पौने ६ बजे क्वारेन्टाइन पुर्‍याएको जानकारी दिए । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लैजाने भएको छ ।

स्वेच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले गर्नेछन् । नेपाल विद्युत प्राधिकरणको चमेनागृहमा खाना बनाएर प्याकिङ गरी उनीहरुलाई पठाइएको र क्वारेन्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन मिलाइएको छ । क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लङ्घन गर्दै दुबई, कतारलगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर नेपाल आएको बताइएको छ । सरकारले गत बुधबार युरोपका सबै मुलुक, पश्चिम एशियालगायत खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानका नागरिकलाई यही चैत ७ गतेदेखि आगामी वैशाख ३ गतेसम्मका लागि नेपाल आउन प्रतिबन्ध लगाएको थियो ।

केही समयअघि कोरोनाको आशङ्कामा सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखी उपचार गराइएको थियो ।

eQmk’/, $ kmfu’g -/f;;_ M ;/sf/n] rLgsf] j’xfgaf6 cfh ljxfg NofPsf g]kfnLx? /flvPsf] eQmk’/sf] vl/kf6Ll:yt ljB’t k|flws/0fdf agfPsf] Sjf/]G6fO{g . tl:j/ M /d]z lu/L, /f;;

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!