जातीय तथा रंगभेद उन्मूलन दिवसबारे धनको विचार

SHARE:

लन्डन । २१ मार्च, १९६० मा दक्षिण 
अफ्रिकाको सार्पभिल्लेमा रंगभेद नीतिको विरोधी आन्दोलनलाई सरकारले दमन गर्दा ६९ जना काला जातिका व्यक्तिहरुको ज्यान गएको थियो । सोही घट्नाको सम्झनामा संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जातीय तथा रंगभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । तर, यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सदस्य रहेको नेपालले आफ्नो देशको कानून सरह लागू गर्ने 
प्रतिवद्धतासहित सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको भए पनि सन् २००१ (विसं. २०५७) देखि यो दिवस मनाउंदै आएको छ । सन् २०१७ मा विश्व समुदायसंगै नेपालले ५२ औं जातीय विभेद उन्मूलन दिवस मनाएको थियो ।

नोप्स युरोप, नेपाल उत्पीडित जातीय समाज युरोप (युके शाखा) ले युकेमा गत वर्ष सन् २०१९ देखि यो दिवस मनाउंदै आएको छ । त्यसैले यो वर्ष पनि ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (मार्च २१) को अवसरमा नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपको संयोजक तथा नोप्स साखा युके लगायत गैर आवासीय नेपाली संघ युके र नेपाल आदिवासी जनजाती महासंघ युकेको आयोजनामा ‘नेपालका जनजाति तथा दलितहरुले भोग्दै आएका जातीय विभेदको समस्याको न्यूनीकरणमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको तयारी वरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ज्यूले र विशेष आतिथ्यता नेपालबाट विश्वभक्त दुलाल (आहुती) ले गर्ने तयारी थियो । उक्त कार्यक्रम अल्डरसटको दि प्यालेस रेस्टुरेन्टमा आयोजना गर्न लागिए पनि अहिले विश्वभर फैलिएको नोवल कोरोना भाइरसका कारण सार्वजनिक कार्यक्रम गर्न, मानिसहरु भेला वा आवतजावत गर्न समेत सम्भव नभएकाले यस कार्यक्रम स्थगित गरिएको यहांहरुलाई जानकारीका लागि अनुरोध छ ।

म भूतपूर्व ब्रिटिश गोर्खा हुं, जागिर गर्छु । केहि धन सम्पति छ । मेरो परिवारलाई लन्डनमा राम्रो छ । तर त्यत्तिले म सन्तुष्ट हुन्न । अझै अस्पतालमा सडेर बसेको अजित मिझारको लाशले, त्यसरी अपमान गरेर मारिएकी लक्ष्मी परियारको घट्नाले मलाई सधैं सताइरहन्छ । युकेमा जातिय विभेदको त्यति ठूलो समस्या नहोला । हामी मिलेरै बसेका छौं, काम गरेर खाएका छौं तर हामीले नेपालको समस्या भुल्नु हुन्छ र ? २१ औं शताब्दीमा पनि मान्छेले मान्छेलाई कोरोना भाइरस जस्तो छुन नहुने, इनारको पानी निकाल्न नपाउने, मन्दिरमा छिर्न नपाउने कसरी हुन्छ? युकेमा रहेका हाम्रो समुदाय अर्थात दलित बनाइएका हामीहरू एकजुट गराएर नेपालमा केहि गर्ने मेरो ठूलो धोको छ । सबै जातका नेपालीले हाम्रो समस्या बुझेका छन् । आफ्नो समाज र संस्कृति बदनाम भएकोमा सुधार गर्न चाहन्छन्। त्यसैले हामी सबै एकजुट हौं, सकेको मद्दत गरौं।

प्रवासबाट के योगदान दिन सकिएला भन्ने २१ मार्च कार्यक्रमको प्रमुख उद्देश्य हो। म यसलाई हरेक साल निरन्तरता दिनेछु। नेपाल चार जात छत्तीस वर्णको देश हो भनि ब्राम्हण, क्षेत्री, बैस्य र सुत्र भनि जातीय विभाजन गरि स्कुल, विद्यालय, मन्दिर आदिमा पाठ पढ्न लगाए । भगवानको मुख बाट ब्राम्हण जन्मिएका, क्षेत्री र बैस्य हातपाखुराबाट जन्मिएका र सुत्र पैतालाबाट जन्मिएका हुन् भनि जबरजस्ती यस्ता गलत पाठ पढाई हामीलाई उल्लु बनाइयो । यस विषयलाई सत्य र तथ्य कुराहरुको पुस्तक तयार गरि नेपालमा हरेक विद्यालय र मन्दिर जस्तो धर्मस्थलमा पाठ पढाउन जरुरी छ र अनि जातीय भेदभाव र छुवाछुत प्रथामा केहि सुधार आउने छ । मेरो एक सपना नेपाल जातीय छुवाछुत र भेदभावरहित देश देख्ने हो ।

अहिले सारा विश्व कोरोना भाइरस (कोभिड १९) को चपेटामा आक्रान्त भइरहेको छ । यस परिस्थितिमा मानव जीवनमा भयावह रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध लड्न तथा फैलिन नदिनका लागि सम्पूर्ण जनसमुदायमा संयमता, धैर्यता र सजकता अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

धनबहादुर सार्की
संयोजक तथा केन्द्रिय उपाध्यक्ष नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोप

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!