कोरोना भाईरसको गूप्तबासमा मातृभूमिको मानचित्र: जयराम तामाङ्ग

SHARE:

जयराम तामाङ्ग, धादिङ्ग हाल स्विण्डन् युके

 

विश्वभर कोरोना भाईरसको महामारीले हजारौंको प्राण लिईसकेको छ, लाखौंले मृत्युसँग कुस्ती खेल्दैछन भने लाखौले मृत्युलार्इृ जितेर घर फर्किसकेका छन् । मृत्युले सानो ठूलो, महिला पुरुष वा वृद्धवृद्धाहरु केहि भन्दैनन् भनि रहँदा धेरैजसो ठाउँमा वृद्धवृद्धाहरुलाई नै कोरोनाले खाईसकेको छ ।
सबै देशहरुले आ–आफ्नो नागरिकहरुलाई हरतवरले बचाउने प्रयास गर्दागर्दै पनि सफल हुन सकेको छैनन् । कुनै ठाउँमा मानिसहरु अटेरीपन गरेर पसलहरुमा खानेकुरा र ट्वाईलेट पेपरको जोहो गर्नका लागि मानिसहरुको भिडभाडले गर्दा पनि यो संक्रमणको अलि न्यूनिकरण नभएको होकी जस्तो मलाई भान भईरहेकोछ । कुनै देशले जनताहरु अटेरीपन गरेकोले बाहिर निस्कदा कारण देखाएर के का लागि भनि फर्म भरेर मात्र निस्कन पाउने नियम बनाएको छ भने कतै कर्फ्यू समेत लगाएको कुरा पनि सुन्नमा आएको छ । बेलायतमा पनि सबै स्कूल, कलेज,युनिभर्सिटी बार अनि रेस्टुरेन्टहरु बन्द गर्ने आदेश सरकारले दिईसकेको छ । सरकारले सकेसम्म आफ्नो जनतालाई कोरोना नलागोस् भन्ने उद्देश्यले नै त्यसो गरेका हुन । तैपनि म, मेरी श्रीमती अनि मेरी छोरीको भने काम बन्द भएको छैन । छोराको स्कूल भने बन्द भएको छ । आफ्नो हप्ताको दुईदिन छुट्टि भएको बेला यसो मानिसहरुको भिडभाड नभएको ठाउँ तिर छोरालाई अलि बोर भयो होला भनेर साईकल लिएर निस्कदा गोराहरुले गाडी तिरबाट झ्याल खोलेर अपशब्द बोलेर गाली गर्दै गएको देखेर दुख लाग्यो ।
अस्ति भर्खर एक जना नेपाली बाबुलाई आफ्नै शिक्षकको अगाडि आँखा अनि अनुहार नै निलो हुने गरी पिटेको अर्को सिंगापुरको विद्यार्थीलाई पनि तिमीहरु चाईनिजले कोरोना ल्याएको भनेर पिटेको समाचार पढेको याद आयो । हामी बाउछोरा निशब्द भएर घर फक्यौं । म आफ्नो अनुहार चाईनिज जस्तो भएकोले आफैलाई नै यिनीहरुले मलाई हेपेको हो र म यहाँ असुरक्षित छु भन्ने महसुस भईरहेको थियो । यिनीहरु सबै मंगोलियन अनुहार भएको जति चाईनिज हो भनेर भन्छन् भने के म पनि गोराहरु जति सबै बेलायती हो भनेर भनूँ त ? कदापी हुदैन । एउटाले कुन्नि के खायो भन्दैमा सबैले खानु त भएननी ्भन्ने मलाई लाग्यो । यिनीहरु संसारमा मानव अधिकारको बखान गर्न नछोड्ने तर आफ्नो देशमा मानव अधिकारको हनन् भएकोमा चुपचाप लागेर बस्ने गर्दछन् ।
जब मलाई मातृभूमिको याद आयो सायद म त्यहाँ भएको भए मलाई कसैले पनि यसरी अपमान गर्ने थिएन होला भन्ने मेरो मानस पटलमा खेल्न थाल्यो ।
हुन त एक जना नेपाली चाईनाबाट पुरा चेकजाँच गरेर कोरोना भाईरस लागेको छैन भन्ने प्रमाणित गरि प्रमाण पत्र दिएर नेपाल आएको एकजना नेपालीले पुलिसले तुरुन्त पुलिसकोमा आईज भनेर थर्काएर बोलायो भनेर सामाजिक संजालमा बोलेको कुरा पनि देखेको थियो । मानिसहरु जहाँ भए पनि मानिसले मानिसलाई नै अत्याचार गर्न छोड्दैनन् । तैपनि म आफ्नो देशमा भएको भए शिर ठाडो गरेर हिड्ने थिएँ भन्ने मलाई लागी रहेको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!