बेलायती प्रधानमन्त्री जोन्सनमा पनि कोरोना पोजिटिभ

SHARE:

एटा संवाददाता ।

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरस परिक्षणमा पोजिटिभ देखिएका छन् । उक्त कुरा उनले आज व्टिट्मार्फत बताएका हुन् । कोरोना भाइरसको लक्षण देखिए पछि एनएचएसका प्रमुखको सल्लाह अनुसार परिक्षण गराउँदा उनी पोजिटिभ देखिएका हुन् । यसैबीच उनले आपूm घरै अलग बस्ने (आइसोलोशन) र प्रधानमन्त्रीको सम्पूर्ण काम घरबाटै संचालन गर्ने समेत भिडियो सन्देशमार्फत जानकारी दिएका छन् । गत मंगलबार २३ मार्च देखि लकडाउन रहेको बेलायतमा पछिल्लो समय पोजिटिभको संख्यामा दिनप्रतिदिन बढ्दै आएको छ भने मृत्युदर समेत बढ्दै गएको छ । बेलायत सरकारले औषधी तथा ग्रोशरी सपिङ्ग, शारीरिक अभ्यास र अकाममा बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । प्रायः सबै सहरहरुलाई बन्द भएका छन्, मानिसहरुको हिड्डुल निकै कम भएको छ ।

गत डिसेम्बरको अन्तिमबाट शुरु भएको कोरोना भाइरस विरुद्ध औषधी तथा भ्याक्सीन पत्ता लगाउन वैज्ञानिकहरु लागीपरेका छन् तर हालसम्म यसको औषधी पत्ता लागीसकेको भने छैन । यस्तो अवस्थामा घर बसेर रोगबाट जोगिनु भन्दा अर्को उपाय नभएकाले पनि सबैलाई घर बस्न आग्रह गर्एिको हो ।
कोरोना भाइरसबाट हालसम्म पाँच लाख ४९ हजार ४३८ जना प्रभावित भएका छन् । ति मध्ये २४ हजार ८७३ जनाको मृत्यु भैसकेको छ भने एक लाख २८ हजार ७०१ जना निको भैसकेका छन् भने अरु उपचार गरिरहेका छन् । त्यस्तै, बेलायतमा ११ हजार ६५८ जना पोजिटिभ देखिएका छन् भने ५७८ जनाको निधन भैसकेको छ भने अन्य उपचार गरिरहेका छन् । बेलायतको स्वास्थ्य सेवा र सुविधालाई एकदमै राम्रो मानिन्छ तर यस्तो महामारीको अवस्थामा सबैलाई सो सेवा र सुविधा उपलब्ध गराउन असम्भव नै हुन्छ । जुन ईटालीको पछिल्लो परिस्थितिलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

बेलायतमा करीब १ लाखभन्दा बढी नेपालीहरुको बसोबास रहेको छ । र, सो महामारीबाट नेपालीहरु पनि प्रभावित भएका छन् । जसका कारण दुईजना नेपालीले ज्यान गुमाएका छन् भने एकजना नेपाली महिला स्वस्थ भई घर फर्किकी छन् । यस्तो विशम परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावास लण्डन, एनआरएनए युके लगायत विभिन्न नेपाली संघसंस्थाहरुले जनचेतना फैलाउनका साथसाथै सरकारले निर्देशनलाई पालना गर्न अनुरोध गर्दै आवश्यक परेकाहरुलाई सहयोग गर्ने वचन दिएका छन् ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!