भाडा छुट नगरियोस् र आग्रह पनि नगरियोस्

SHARE:

  • अम्बिर तितुङ

केही दिनदेखि यो सामाजिक सञ्जालमा घरपेटीहरुको गुनासो धेरै देखियो । सरकारले १ महिनाको घरभाडा नलिनको लागि घरधनीहरुलाई आग्रह गरेका र यसका लागि घरधनीले तिर्नुपर्ने घरबहाल करमा सरकारले छुट दिने भएको मात्र थियो, घरवालाहरुको सातो नै गएछ । लौ बर्बाद भयो लौ सिद्दिने नै भयो भनेर आत्तिएका छन् ।

स्कुलको फिस, ग्यासको, बैङ्कको किस्ता बिजुली, पानी अनेक थरी खर्च पो सरकारले तिरिदिनु पर्ने रे । वर्षको १२ महिना भाडा लिएर अहिले देश नै कोरोनाको माहामारीले लकडाउनको चपेटामा परेका आफ्नै घरमा बसेकालाई पो १ महिनाको भाडा छुट दिनु भनेका हुन् रोडमा लगेर बाड्नु त भनेका होइन नि ! आफ्नै घरमा बसेका आफ्नै परिवार जस्तो एउटै छातामुनी भएकालाई पो दिन आग्रह गरेका हुन् । जबर्जस्ती खोसेरै दिन खोजेका पक्कै होइन होला ।

हामी भाडामा बस्नेको त बच्चाहरुको स्कुल फिस, बत्तिको, टेलिफोनको, बैङ्कको ब्याज आदि खर्च नै नहुने हो र ? तपाईंहरु अरुबेला मेरो घर छ । हामी त घरपेटी हौं तिमीहरुको के नै छ र भाडामा त बसेका हौ भनेर सुकुम्बासीलाई गरेको जस्तो ब्यवहार गरेर खुबै नाक ठूलो किन पार्नु पर्‍यो ? जाबो १ महिनाको भाडा लिन नपाउँदा यत्रो रोइकराई हुँदोरहेछ त !

१२ महिनामा १ महिना भाडा लिन नपाउदा यत्रो पीर हुनेरहेछ । हामी भाडावालहरुको त १२ महिना नै भाडाको पीर हुन्छ । सरकार हामी भाडामा बस्नेहरुलाई भन्दा पनि घरवालाहरुलाई यो लकडाउनले ठूलो असर पारेको रहेछ त्यसैले हामी भाडावालहरुलाई १ महिनाको भाडा छुट नगरियोस् र आग्रह पनि नगरियोस् । हामी जसरी पनि म्यानेज गर्नेछौं यस्ता बिपत्ति हामीले धेरै नै सहेका छौं र सहनेछौं।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार (१६ चैत) बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रमा रहेका संगठित श्रमिकहरूले भुक्तानी गर्नुपर्ने एक महिनाको घरभाडा सम्बन्धित घरधनीलाई मिनाहा गरिदिन आग्रह गर्न‍े निर्णय गरेको थियो । योसँगै मन्त्रिपरिषद्ले घरभाडा मिनाहा गरेबापत घरधनीले सम्बन्धित महिनाको घरबहाल कर मिनाह दिने निर्णय गरेको छ ।

हामी त घरपेटी हौं तिमीहरुको के नै छ र भाडामा त बसेका हौ भनेर सुकुम्बासीलाई गरेको जस्तो ब्यवहार गरेर खुबै नाक ठूलो किन पार्नु पर्‍यो ? जाबो १ महिनाको भाडा लिन नपाउँदा यत्रो रोइकराई हुँदोरहेछ त !

कोरोना भाइरस (कोभिड १९) बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारले ११ चैतदेखि ‘लकडाउन’ सुरु गरेको हो । लकडाउन सुरु भएसँगै उद्योग–कलकारखाना बन्द भएका छन्, श्रमिकहरू आम्दानीविहीन भएका छन् । यस्तो स्थितिमा ‘हुने खाने’ र ‘हुँदा खाने’बीचको दूरी कम गर्न घरभाडा छुटको निर्णय गरेको हो ।

दोस्रो पटक चैत १६ गते मन्त्रिपरिषद् बैठकले २५ गते मध्यरातसम्म लकडाउन लम्ब्याउने निर्णय गर्‍यो । यसबीचमा बिहीबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत अरु संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालहरुले जनाएको छन् ।

गत डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । शुक्रबार चैत २१ गतेसम्मा ५३ हजार भन्दा बढी मानिसको ज्यान गइसक्यो भने १० लाखभन्दा बढी संक्रमित छन् । यो अहिलेको स्थितिलाई हेर्ने हो भने यो महामारीले कति क्षति पुर्‍याउने र कहिलेसम्म लम्बिने भन्ने टुंगो लगाउन विज्ञहरुले समेत लगाउन सकेका छैनन् । विश्वका अधिकांश मुलुकमा फैलिसकेको कोरोनाका कारण निम्न आय भएका र खासगरी ज्यालामजदुरीबाट गुजारा चलाउने नागरिकहरु मारमा छन् । उनीहरुलाई लक्षित गरी नेपालसहित विभिन्न देशका सरकारले राहत प्याकेज घोषणा गर्ने क्रम चलिरहेको पनि छ । नेपालमा गैरसरकारी संघसंस्थाले विभिन्‍न प्रदेश र जिल्लामा राहत समेत बाँड्ने काम गरिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!