
-बिक्रम भट्टराई
२०४५ भन्दा पहिले हाम्रो घरमा राजनैतिक सेल्टर बनाएर हप्तौं लुकेर बस्ने वामपंथी राजनीतिज्ञ जो हाल साँसद छनउनको बारेमा बुझ्न मन लागेर सोध्दै जाँदा थाहा भयो की ती साँसद त पोहोर साल निकै लामो समय अमेरिका बसेरफर्केका रहेछन किनकी उनका दुई सन्तानहरु दुवै अमेरिकामा सेटल भएर अम्रिकाने भईसकेका रहेछन तर बिचरा मलगायत त्यो क्षेत्रका जनता अझैपनि तिनै साँसदले हाम्रो भविश्यको बारेमा रातोदिन खटिरहेका छन भन्ने भ्रममा तिनैकोभक्तिगान मैं मस्त छौं ।
एकजना निकै शिक्षित मित्र कोरोना लकडाउन भन्दा केहीदिन पहिले नेपाल गएका थिए लकडाउनले नेपाल मैं रोकिए, तर बेलायत सरकारले लकडाउन का कारण संसारका विभिन्न देशमा अड्किएका आँफ्ना नागरिकहरुलाई उद्धार गरेरल्याउने क्रममा हाम्रा मित्रपनि यस्तो संसारका हरेक व्यक्ति आँफ्नो घर पुग्नलाई अलाप बिलाप गरिरहेको बेलामा पनिआँफ्ना अभिभावकलाई छोडेर बेलायत उत्रिए र फ़ेसबुकमा स्टाटस हाले “हाम्रो नेपाल शिक्षित वर्गले सत्यानाश पारे र देशखत्तम छ”।
एकजना मित्र नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत जागिरे, कृषिव्यवसाय सम्वन्धित तालीममा सहभागी हुनक्यानडा सरकारको निमंत्रणामा सरकारी खर्चमा नेपालबाट हुँईकिए, उतै हराए, दुईवर्ष जस्तै त अझ नेपाल सरकारकोतलब पनि पचाए रे अहिले सबै परिवारका साथ क्यानडा बस्छन तर हिजोआज उनले हरेक सामाजिक संजालमा नेपालमाकृषिक्षेत्रमा यति र उती सम्भावना छ भनेर लेख्न थाक्दैनन । सुन्छु उनको आँफ्नै कयौं रोपनी जग्गा बाँझो छ रे गाँउमा ।
त्यस्तै तिन पुस्ता नै बेलायती सेनामा समर्पित एकजना पोखरेली दाईको छोरो नेपालमा नै मेडिकल डॉक्टर भयो तर दाईले डाक्टर छोराको नेपालमा भविश्य सुरक्षित नभएको ठहर गरे र उसलाई जसरी पनि पुर्व गोर्खाका सन्तानहरुलाई बेलायत सरकारले दिएको सेट्लमेन्ट राईट अन्तर्गत बेलायत ल्याउन अदालतको ढोका सम्म ढक्ढकाउन मन लाग्यो र अन्ततः डाक्टर छोरालाई बेलायतमा उतारे अहिले सबै परिवार बेलायती नागरिकता बोकेर हिड्छन, तर हिजोआज ती दुवैबाबु छोराको पार्टटाईम काम भनेकै नेपालमा यो भएन र त्यो भएन, यो गर्न पर्ने र त्यो गर्न पर्ने, नेताहरुले पुरै देश बिगारे, खाए अनि सके, अनि नेपालमा धर्म निरपेक्ष हुन पर्छ रे, जातिय नाममा प्रदेश हुन पर्छ रे, गणतन्त्र मजबुत हुनपर्छ रे, अझ आश्चर्य त त्यतिबेला लाग्योकी गएको स्थानिय निर्वाचनका बेला दुवै बाबु छोरा एउटा प्रदेशको अमुक व्यक्तिलाई मुख्यमंत्री बनाउन “फ़लाना जीताऊँ” अभियान नै चलाएर निकै ठुलो आर्थिक संकलन गरेर नेपाल पठाए रे ।
यी माथीका प्रतिनिधि उदाहरणहरु हुन, यस्ता कयौं नेपालीहरु छन जो नेपालमा केही हुदैन, बस्नै हुदैन या सुरक्षित नैछैन भन्न मै मज्जा मान्दछौं । वास्तवमा नेपालको वर्तमान राजनैतिक अवस्थाको बारेमा नेपालमा सर्वसाधारण जनतालाई खासै चासो छैन, मलेसिया तथा अरवदेशहरुमा काम गर्ने नेपालीहरुलाई पनि खासै चासो देखिन्न तर युरोप, अमेरीका, क्यानडा, ऑस्ट्रेलिया लगायतका देशमास्थाई बसोवास गरेर बसेका नेपाली ( पुर्व नेपालीहरु) लाई भने नेपाली राजनिती का हरेक साना साना घट्नाहरुले पनिनिकै तनाव नै बनाएको जस्तो, रातभर सुत्नै नसकेको जस्तो गर्छन, जब की यिनै नेपाली हुन जो नेपाल फर्कने सोच मैछैनन्। यिनीहरु अरुलाई नेपाल फर्कन पर्छ भनेर अर्ती भने खुवै दिन्छन तर आफै फर्कने कुरामा हजार कठिनाई रहेकोबताउछन। कसैका छोराछोरी सानै छन, कसैका छोराछोरीका बिबाह गर्न नपाएर रोकिएका भन्छन , कोही कोही का श्रीमानर श्रीमती मध्य एक फर्कन नमानेको कारण अल्झिएको कुरा बताउछन, कोही नेपालमा गएर कसरी व्यवहार धान्ने भन्छन त धेरैजसो नेपालमा स्थिति शान्त र रामराज्य जस्तै हुने हो भने भोली नै फर्कने जस्ता मनगढन्ते कुरा गरेर टार्न खोज्छन तरवास्तवमा कोहिपनि फर्कनै चाहान्नन् बरु उल्टो उता नेपालमा केही गरेर आनन्दसंग बसेका आफ्ना भाई भतिजहरुलाई जस्तो सुकै जोखिम मोलेर पनि युरोप या अमेरीका अथवा ऑस्ट्रेलिया जान उचाल्छन। म आफै तुरुन्तै फर्कन सक्नेस्थितीमा छैन तर म सोच्छु अरुहरु फर्किदिए मलाईपनि हिम्मत आउथ्यो की।
अझ यी यावत कुराहरु भन्दा आश्चर्यको कुरा त के हो भने तपाई हाम्रै अभिभावक, सासु ससुरा, दाज्युभाई ईष्टमित्रहरुलाईहामीले नेपाल फर्कने आशय मात्रै के व्यक्त गर्छौं तब अधिकाँसको एउटै वाक्य हुन्छ”यहाँ आएर के गर्ने हो ? बेकारमा, यहाँको हालत एकदमै ख़राब छ , यहाँ दुनिया त्यही तिमीहरु भएको ठाउमा जानको लागी मर्न पनि तयार छन अनि तिनीहरुफर्कने कुरा गर्छौं?”
हुन त केही हाम्रै साथीहरु नेपाल फर्केर केही गरौं भनेर नगएका हैनन, धेरै नेपाल फर्केकाहरुसंग कुरा बुझ्दा राम्रो गरेकोर आफुहरु सन्तुष्ट रहेको बताउछन, सबैको एउटै आशय के देखियो भने अब नेपालमा गएर जे गर्ने हो त्यो पुर्ण व्यवसायिकरुपमा गर्नु पर्ने ,कृषि क्षेत्रमा एकदमै राम्रो भविष्य रहेको, त्यसमा नेपाल सरकारको पनि पहिलो प्राथमिकता रहेको, जस्तासकारात्मक कुराहरु पाईयो भने केही साथीहरुलो नेपालको व्यवसायीक वातावरण राम्रो नभएको, सरकारी कार्यालयमा हरेक काममा अनावश्यक झन्झट रहेको, हरेक क्षेत्रमा डन प्रवृत्ति रहेको र तिनीहरुसंग नमिली कुनै कामै नहुने भन्छन, राजनैतिक संरक्षणमा रहेका डनहरुले गर्दा व्यक्तिगत सुरक्षा मै चिन्ता रहेको सम्म बताउछन । औलामा गन्ने जति साथीहरुत नेपाल गएर कुनै गुन्जायस नदेखेपछी फेरी बिदेशमा नै फर्केका पनि छन ।
अन्तमा सम्पुर्ण बिदेशमा बस्ने नेपाली साथीहरु जसमा मपनि पर्छु , हामीहरुले जे जस्ता कारणले नेपाल छोडे तापनिआख़िरी नेपाल हाम्रो मातृभूमि हो, हामी जब काठमांडू एयरपोर्टबाट बाहिर निस्कन्छौ जति नै धुलो धुवाँ किन नहोस्आनन्दको लामो सास फेर्छौ र मन मा एक किसीमको “एसससससससस” भन्ने आभास पाउछौं । समस्याहरु कहाँ छैनन र, यतै बिदेशमा पनि त पैसा होला तर कयौं पटक हामीले हाम्रो स्वाभिमान लाई बन्धक बनाउन पर्छ , यो अहिलेकोब्यापारीक दुनियामा कुन कुरामा लेनदेन हुन्न र ? तर लेनदेन को नाममा आँफ्नो मातृभूमिलाई दुत्कार गरेर, कमजोर कसरी आनन्दित हुन सकौँला र । फेरी तपाई हामी हाम्रो जीवनको ऊर्जावान समय र ज्ञान अन्य देशमा लगानी गर्दछौं अनि कस्ले हो त नेपालमा तपाई हामीले सोचेको जस्तो गरिदिने ? तसर्थ आउनुहोस एकपटक “नेपाल फर्कन पर्छकी”भन्ने सोचलाई बीऊको रुपमा मनमा लिऔं ।