काठमाडौँ । संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले भाग लिइरहेका छन् । बुधबार करीब तीन दर्जन सांसदले आ–आफ्नो धारणा राखेका थिए ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २३ सांसदले १६ भन्दा बढी विषयमा फरकफरक संशोधन प्रस्ताव प्रस्तुत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्मा प्रस्तुत गरेकी थिइन् ।






