“अझै लाज मान्न पर्ने मैले?”

SHARE:


बिक्रम भट्टराई, हाल बेलायत

हाम्रै घरमा सेल्टर बनाएर बस्ने कामरेडहरुले भारतिय सेनामा कार्यरत हाम्रा बुबाको भारतिय गणतंत्र दिवसमा भारतिय राजधानी देल्लीको परेडमा खिचिएका आर्मीका फोटाहरु देखाउदै “केही समयमा हाम्रा पनि यस्तै लालसेनाहरुले गर्याम गर्याम सहरमा कवाज खेल्नेछन” , म तिनका कुरा सुन्दै मुख मिठ्याउथें । र उनिहरु थप्थे “हामी गोर्खा भर्ती तुरुन्तै रोक्ने छौ” म मख्ख हुन्थें । त्यो बेला नयाँ कक्षा चढेपछि जोहो गरिने किताबलाई गाता (कभर) हाल्न ल्याईएका चाईनिज म्यागाजिनमा देखीने रहर लाग्दा रंगीन फोटाहरु मा हरेक नागरिकले एउटै पोशाक लगाउने, एउटै क्याम्पमा मिलेर बस्ने, एउटै ‘मेस’ मा पकाएको बराबर बाँडेर खानेकुरा गर्दा यो पो हो त व्यवस्था भनेर जसरी पनि देश त कम्युनिस्ट कै हुनु पर्ने रहेछ भन्दै कल्पना गथें ।

म्याक्सिम गोर्कीको ‘आमा’ पढेपछिको म मा आएको परिवर्तन, रुसको कम्युनिष्ट इतिहास , चीनको इतिहास र माओत्से तुङ, बुझ्दै गए पछि जुर्मुराएका मेरा सपनाहरुलाई कहिल्यै भुल्न नदिने म, मोदनाथ प्रश्रितका मानव, गोलघरको सन्देश, सहनशीला शुसीला, देवासुर संग्राम, जस्ता किताब पढ्न पाए होमवर्क नै नगर्ने म, राष्ट्रिय पंचायत सदस्यको निर्वाचनमा जनपक्षिय सदस्यहरु, पद्मरत्न तुलाधर, रूपचन्द्र बिष्ट, सोमनाथ अघिकारी प्यासी, जागृत प्रसाद भेटुवालहरु निर्वाचित हुँदा हर्षित हुदै मुस्किलले उनिहरुले पाउने शून्य समयमा बोलेका कुराहरु कण्ठस्थ पार्ने म,  कम्युनिष्ट आयो भने भारतले पेन्सन दिन्न रे बन्दै कम्युनिष्टको पछाडि हिड्न हुन्न भनेर बाले भन्दा पनि बाको कुरा कहिल्यै नसुन्ने म,  रुसमा लेलिनका शालिकहरु भत्काएका समाचारहरु ‘विश्व घट्ना’ मा दुर्गानाथ शर्माले दोहो¥याई, तेह¥याई वाचन गर्दा टिभी नै फोडी दिऊ जस्तो लाग्ने म, संसारका जुन देशमा पनि कम्युनिष्टले नेतृत्व लियो रे भन्दा पनि मनमनै खÞुशी हुने म, पेरु, भेनेजुयला, क्यूबा, रुस तथा चीन जस्ता कम्युनिस्ट सरकार भएका देशहरु आफ्नै सहोदर दाजुभाइहरु हुन जस्तै लागेर ती देशप्रति आँखा चिम्लेर समर्थन गर्ने म,  बामपन्थी नेताहरुलाई राती राती एउटा गाउँबाट अर्को गाँउमा पु¥याउँदा हाम्रा भविश्य यिनैले बनाउने हुन भन्दै इश्वरीय भक्तिभाव गर्ने म, २०४५ को जनआन्दोलनमा आफ्नै स्कुलका शिक्षकहरुसंग आन्दोलनलाई समर्थन गर्न स्कुल बन्द गर्न दबाव दिदैँ झगड़ा गर्ने म, पञ्चायतको विरुद्धमा जवरजस्ती पुरै स्कुलका साथीहरुलाई जुलुसमा भाग लिन हिडेर बजारसम्म ल्याउने म, २०४५ फाल्गुणमा आफ्नै स्कुलका शिक्षकलाई स्कुल भित्रै प्रहरी आएर गिरफÞ्तार गर्दा विरोध गर्दा दर्हो प्रहरीको बेतको लौरीको डाम भेटेको म, पृथ्वी नारायण क्याम्पसमा विद्यार्थी आन्दोलनका बेला साथीहरुसंग झोलामा गण्डकीका ढुङगा बोकेर पुलिसलाई लखट्दै सिमलको बोटको उकालो सम्म पर्याउने म, स्ववियूको निर्वाचनमा तत्कालिन मण्डलेहरुको कुटाईको प्रवाह नगरी विद्यार्थी नेताहरुलाई सुरक्षा दिने म, पंचायत विरुद्ध राती राती पढ्न छोडेर गाउँ गाउँमा राँके जुलुस निकाल्ने र तत्कालिन पञ्च भनिएकाहरुको निशानामा परेपनि कुनै चिन्ता नमान्ने म, मदन भण्डारी लगायतका नेताहरुको भाषण सुन्न जानको लागि चार दिन पहिले देखि घाँस थपेर काट्दै स्टक राखेर कवडहल लखरलखर हिडेर आउने र भोकभोकै भाषण सुनेर अघाएको महसुस गर्ने म, २०४६ को जनआन्दोलन पछिको बहुदलिय प्रजातन्त्र आएको खÞुशीयाली संसारै जितेको जस्तो रमाउने म, आफ्नो पार्टी र नेताहरुको बारेमा कसैले नकारात्मक कुरा गरेपनि ठाडै प्रतिकार गर्दै बचाव गर्ने म,  गाँउमा आफ्नै घरको धुरीमा हँसिया र हथौडाको झण्डा फरफर गरेको हेरेर मख्ख पर्ने म, गाँउमा भएका दलितहरु र निमुखाहरुलाई कम्युनिष्टलाई जिताए पछि सबै कुरा समान हुन्छ, कोहि धनि र गÞरीब होईन्न भन्दै सम्झाउादै यिनीहरुको मनमा पनि सपना देख्न सिकाउने म, मनमोहन अधिकारी प्रधानमंत्री हुदा जीवनमा पहिलो पटक आफ्नै पैसाले वियर खोलेर हर्षोंल्लास मनाउने म, आफ्नै विवाहको दिन मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा मृत्यु भएको खवर सुनेर रुँदै अन्मिएको म, बामपन्थीको ९ महिने कार्यकालमा ल्याईएको ‘आफ्नो गाँउ आफै बनाऔं’ जस्ता लोकप्रिय कार्यक्रमहरु तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले घोषणा गर्दा खÞुशीले आँखा रसाउने म, नेताहरुले भनेका हरेक कुराहरुलाई पुनर्विचार नगरिकनै सही थाप्दै भजन गाउदै हिड्ने पनि म, नेपालमा हुँदा सम्म बाआमासंग मागेर भएपनि लेवी तिर्न कहिल्यै नछुटाएको म, अन्तमा ईश्वरसंग एकपटक नेपालमा बामपन्थीहरुको सहज बहुमतको सरकार आईदिओस् भनेर हरेक साँझ बिहान प्राथना गर्ने म …………….!

तर, आज नेपालको बामपन्थी राजनैतिक आकाशमा मडारिएको कालों बादल र हामीले नै देवत्वकरण गरेका बामपन्थी नेतृत्वको नकचरो व्यवहार माथि देखि तलसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेता देखि कार्यकर्ता, बहुरङ्गी चरित्र, लुछाचुँडीको खेल, एकआपसमा अविश्वास, खुट्टा तानातान, एकले अर्कालाई तेजोवध गर्ने होडबाजी, सत्ताको निम्ती जेपनि गर्न पछि नपर्ने हरकत, झुटको खेती गर्न माहिर, पदकों निम्ती आमा पनि बन्धक राख्न अवस्था आउँदा फेरि बामपन्थी भएकोमा तिमीहरुलाई कतै लाज मान्न नपर्ने? अहिलेको यस्तो कोरोनाको कहरले संसार त्राहि त्राहि बनाएको बेलामा पनि तिमीहरुलाई सत्ता र शक्तिको लागि खुल्लमखुल्ला पुरै नाङ्गै नाच्दा पनि लाज नमाने हुने ? अनि तिमीहरुले जे जे भन्यौ त्यही त्यही मानेर मनमा तिम्रो र पार्टीको चिन्ता मानीरहने बबुरो मैले लाज मान्न पर्ने ? ….सबैको जय होस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!