लकडाउन भित्र करिब ११ जनाको दुखद् निधन भयोःः कियाचु

SHARE:

अध्यक्ष तिलबिक्रम सम्बाहाम्फे
पूर्ण गुरुङ (घान्द्रुके कान्छा)  लण्डन । विश्वभर संत्रास फैलिरहेको कोरोना भाईरसका कारण बेलायत अहिले  लकडाउनमा छ । यस लकडाउनभित्र किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेले आफ्ना ११ जना सदस्यहरु गुमाइएको कियाचु युकेका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेले  जानकारी दिएका छन् । विश्वभरनै त्रास फैलाईरहेको कोरोना भाईरसले बेलायतमा बस्ने नेपालीहरुको वास्तविक अवस्था के कस्तो छ भन्ने बिषयमा बेलायतस्थित केहि नेपाली संघसंस्थाका अध्यक्षहरुसंग टेलिफोनमार्फत कुराकानी  गर्ने क्रममा कियाचु युकेका अध्यक्ष सम्बाहाम्फेले उक्त कुरा जानकारी दिएका हुन् ।
अहिले सिंगो विश्वनै भाईरससंग जुधिरहेको अवस्थामा बेलायतमा बस्ने नेपालीहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । बिशेष गरी जेष्ठ नागरिक, दिर्घरोगी र फ्रन्टलाईनमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरु धेरै प्रभावित भएका छन् । यसबीच बेलायतमा थुप्रै नेपालीहरु कोरोना पोजिटिभ भएका छन् । तीमध्ये धेरैजसो स्वस्थ भैरहेका छन् भने केही अस्पतालमा उपचार गराईरहेका छन् । साथै, कतिपय घरमै सेल्फ आईशोलेशनमा छन् भने कतिपयको भाईरससंग लड्दालड्दै निधन हुन गएको छ ।
यस लकडाउन भित्र आप्mना ११ जना सदस्य गुमाएका किरात याक्थुङ्ग चुम्लुङ्ग युकेका अध्यक्ष सम्बाहाम्फेले ११ जना भित्र केहिको कोरोना भाईरसका कारण निधन भएको बताउँछन् । उनका अनुसार सो ११ जना मध्ये ९ जना अलि बढी पुगेका वृद्धवृद्धाहरु जो पहिला देखिनै लङ्गटर्म सिकका रुपमा उपचार गराईरहेका थिए भने २ जनाको अल्पायूमा निधन हुनगएको छ । उनले भने, ‘विभिन्न शाखाले दिएको जानकारी अनुसार, हाम्रो संस्थाका केहि साथीहरु कोरोना भाईरस पोटिटिभ पनि भएका छन्, उनीहरु मध्ये केहि सेल्फ आईशोलेशनमा रहेका छन् भने केही स्वस्थ भएर घर पर्किसकेका छन् । त्यस्तै, केहि भने अझै पनि अस्पतालमा उपचार गराईरहेका छन्’ ।
अहिले विभिन्न संघसंस्थाहरुले कोराना भाईरसबाट प्रभावितहरुको सहयोगार्थ राहत संकलन गरिरहेको अवस्था छ । र, कियाचु युकेले समेत आप्mना स्वर्गारोहण भएका सक्रिय सदस्यहरुको प्रत्येक परिवारलाई एक÷एक हजार पाउण्ड आर्थिक सहयोग गर्ने उद्देश्य अनुरुप संस्था भित्र राहत सकंलन गरिरहेको अध्यक्ष सम्बाहाम्फेले बताए । साथै, उनले आपूmहरुको सदस्य नभएकाहरुलाई समेत सहयोग गर्ने उद्देश्य अनुरुप विभिन्न जिल्ला तहका समाजहरुसंग मिलेर राहत संकलन गरिरहेको समेत जनाए ।
लकडाउनको शुरुवात भएदेखिनै कोरोना भाईरसबाट सुरक्षित रहन जनचेतनाका लागि आपूmहरुले ईमेल तथा भाइभरमार्फत विभिन्न जानकारी दिईएको, लकडाउनका कारण अप्ठ्यारोमा परेमा सम्पर्क गर्न अनुरोध गरिएको बताउदै शाखामार्फत धेरैजनालाई सहयोग गरिरहेको अध्यक्ष सम्बाहाम्फेले जनाए । किचायुको बेलायतका विभिन्न स्थानमा शाखाहरुले सक्रिय रुपमा काम गरिहेको छ । त्यस्तै, वृद्धवृद्धाहरुलाई आफ्ना नजिकहरुका नातेदारहरुले पनि औषधी तथा खानपानमा बिशेष सहयोग गरिरहेको उनले जनाए ।
कियाचु बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरु मध्येको एक सक्रिय संस्था हो । जसले प्रत्येक बर्ष यलम्बरहाङ्ग कप नामक फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । ‘गत अप्रिलको १८ तारिकमा यलम्बरहाङ्ग कप आयोजना गर्ने मितितय भएको थियो तर अहिलेको परिस्थितिका कारण स्थगित गरियो र आउने जुलाई १८ का दिन लिम्बुहरुको महान पर्व सिसेक्पा तङ्गनामको आयोजना गरिएको छ तर अहिलेको परिस्थितिलाई हेर्दा सो पर्व पनि स्थगित हुने संभावना बढी देखेको छु’ अध्यक्ष सम्बाहाम्फेले भन्दै स्थगित गर्ने आधिकारिक निर्णय भने नभएको बताउँछन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!