एकेन्द्र गुरुङ१) यदि कुनै मान्छेले उ मर्न डराउदैन भनेर भन्छ भने त्यो मान्छेले ठाँटेको हुनुपर्दछ कि त गोर्खा हुनु पर्दछ । –जनेरल मनिक शा
2) The Gurkha Soldier“ Bravest of the BraveMost generous of the GenerousNever had CountryMore faith full friends” Thank you-Pro Ralph Tunner MC
यो पछिल्लो भनाई बेलायतको रक्षा मन्त्रालयको अगाडि ठड्याएको गोर्खा सैनिकको मूर्तिमा लेखिएको वाक्य हो । जहाँ हजारौें मानिसको आँखामा यो भनाई ठोकिरहन्छ । गोर्खाको प्रचारप्रसार भैरहन्छ । त्यस्तै नालापानीको युद्धमा अंग्रेजहरुले आफ्ना दुश्मन गोर्खालीहरुको सम्मानमा निर्माण गरिएको खलंङ्गा स्मारकमा पनि गोर्खाहरुको वीर गाथा कुदिएको छ । युद्ध भूमिमा व्यक्तिगत सैन्य शिप र कौशल क्षमताले अद्धितिय सौर्य पराक्रम नेतृत्व प्रदान गर्न सके वापत दिइने भिक्टोरिया क्रस (भिसी) संयुक्त अधिराज्य बेलायतको सबैभन्दा गरिमामय युद्ध उपहार हो । जुन तेह्र जना गोर्खाहरुले पाईसकेको छ । यसबाट प्रष्ट हुन्छ गोर्खा भनेको लडाईको मैदानमा रण कौशल र सिप प्रर्दशन गरेर शत्रुलाई हराउन सक्ने बहादुर हो । त्यसैले आज संसारमा गोर्खा शब्दलाई जोडेर थुप्रै संघसंस्थाहरुले आफ्नो नाम राखेका छन् । सबैले चिन्ने, बुझ्ने र जन जिव्रोमा झुण्डिने ब्रान्डेड नाम जोड्दा ग्राहक आकर्षित हुन्छ, व्यापार व्यवसाय फस्टिन्छ भन्ने बुझाईले पनि आपूmले संचालन गर्ने व्यवसायको नाममा गोर्खा शब्द राख्ने चलन बढ्दो छ । Gurkha Mortgage, Gurkha Security Services, Gurkha Grocery, Cafe Gurkha, Gurkha Jewellery, Gurkha School of Motoring आदि यसका ज्वलन्त उदाहरण हुन् । यहि पृष्ठभूमिमा रहेर तमु धिं युकेले गोर्खा कप नामकरण गरेर एक दिवसिय फुटबल टुर्नामेन्ट विगत १७ बर्ष देखि निरन्तर संचालन गरिरहेको छ । यो तमु धिं युकेको वीर गोर्खाहरुप्रतिको श्रद्धा र सम्मान हो । वीर योद्धाहरुको बीर गाथा अभिव्यक्त गर्ने माध्याम हो । पूर्खाहरुलाई सम्झना नयाँ पिढीलाई बिसाउने उदाहरण हो । गोर्खा शब्द वीर योद्धाको नाम भनेर संसारभर चिनिए झै गोर्खा कप फुटबल टुर्नामेन्ट पनि बेलायतको नेपाली समुदायमा मात्रै नभएर संसारभरीको नेपाली समुदायमा स्थापित भएको छ । यो कप बेलायतको स्थानीय प्रशासन रसमुर बरो काउन्सिलले आफ्नो वार्षिक कार्यक्रमको पात्रोमा समावेश गरेको छ । बेलायतको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा यहाँको सरकारले आफ्नो जिम्मेवारी वोध गरि उनीहरुको कार्यक्रममा सुचिकृत गरेको संभवत यहि मात्र एउटा कार्यक्रम हो ।

उहिले नेपालमा गाउघरमा दशै, तिहार, ल्होछार, बैशाष पूर्णेमा नयाँ कपडा लगाउने, मिठो खाने, इष्टमित्र भेट्ने र रमाईलो गर्ने गथ्र्यों । त्यसैले लाहुर गएको लाहुरेहरु पनि छुट्टि मिलाएर त्यहि बेला घर आउँथ्यो । पारीवारिक मिलन हुन्थ्यो । महौल राम्रो हुन्थ्यो, ठिक त्यस्तै परिस्थितिको अनुभूति गोर्खा कपले दिन्छ । टाढा टाढा छरिएर बसेका आफन्त, ईष्टमित्र, साथीसंगी, लाहुरेका नम्वरी मित्रहरु भेट्ने थलो भएको छ । गोर्खा कपको दिनमा लगाउने भनेर हिन्दी सिरियलमा प्रचलित कपडा र गहानामा सजिएर आउछन् । यो कार्यक्रम मे महिनाको अन्तिम आइतबार संचालन हुन्छ । कार्यक्रम स्थल अल्डरसटको क्वीन एभिन्यू चउर हो । मेन क्याटगोरिजमा ३२ टिम र भेट्रेन क्याटगोरिजमा ८ टिम गरि जम्मा ४० टिम सहभागी हुन्छ । यस्को व्यवस्थापनको लागि तमु धिं युके एकहप्ता पूरै जुटेको हुन्छ । झण्डै १००/२०० तमुहरु गोर्खा कपको तयारीमा स्वयंसेवकको रुपमा सहभागी हुन्छन् । बेलायत त्यस्तो ठाउँ हो, जहाँ समयको ठूलो महत्व हुन्छ । समयलाई उचित सदुपयोग गर्न सक्यो भने प्रत्येक पल उपलब्धीमुलक हुन्छ । अर्थात् कुनै पनि समय बेलायतमा ओभर टाईम काम गरेर सदुपयोग ग¥यो भने घर परिवारमा हुने खर्चको लागि थप राहत हुन्छ । यसरी व्यस्तताको बावजुद गोर्खा कप सफल पार्न स्वंयसेवक भएर काममा खटिन्छ । कस्ले बढि समय दिन सकिन्छ, कस्ले बढि काम गर्न सक्छ, एक खालको अघोषित प्रतिस्पर्धा हुन्छ । काममा सहभागी नहुँदा कतै केहि अपराध गरे जस्तो हिनता बोध महसुस गर्छन् । सहभागी भएर काम गर्नु भनेको समाजलाई प्रत्यक्ष सहयोग गरेको सम्झन्छन् । गोर्खा कपको सफलता आफ्नो सफलता सम्झन्छन् । गोर्खा कप तमु धिं र तमु धिं संग आवद्ध तमुहरुको प्रतिष्ठा र इज्जत सम्झन्छन् । आमा समूह र अरु मनका धनी व्यवसायीहरु विहानै देखि चिया, सेलरोटी, तरकारी, खाजा भुजा र अन्य चिसो पिय पदार्थको व्यवस्था गर्छन् । यो पनि सबै निःशुल्क हुन्छ । सबैले आ–आफ्नो क्षेत्रबाट खुलेर काम गर्ने, सहयोग गर्ने अघोषित प्रतिस्पर्धा हुन्छ । यसरि यस कार्यक्रममा सहयोग गर्नु अवसरको रुपमा लिन्छन् ।
गोर्खा कप संचालन गर्ने ४०/५० हजार पाउण्ड खर्च लाग्छ । कार्यक्रम स्थलमा राखिने स्टल, पसलहरु सबै बेलायत सरकारले निर्धारण गरेको मापदण्ड अनुसार हुनु पर्छ । सहभागी खेलाडी र दर्शक सबैको स्वास्थ्य र सुरक्षाको प्रत्याभुति हुनु पर्छ । गोर्खा कपमा १४/१५ हजार दर्शकहरु उपस्थित हुन्छन् । सबैको लागि दिसा पिसाव गर्ने, उचाल्न सकिने हल्का पोर्टरलु ९०/१०० ओटा र फोहोर फाल्ने स्किप ७/८ ओटा व्यवस्था गर्नु पर्छ । यसका लागि २०/२५ हजार पाउण्ड तमु धिंका कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य र शुभचिन्तकहरुबाट चन्दा स्वरुप जम्मा गरिन्छ । बाहिर तमु धिं युकेले गोर्खा कप संचालन गरेर पैसा कमाउँछ भनि अनावश्यक चर्चा गर्नेहरु पनि छन् तर वास्तवमा तमु धिं युकेले आफै भित्र पैसा जम्मा गर्छन् । विना पारीश्रमिक काम गर्छन् । गोर्खा कपमा स्थापित यो परम्परा आफैमा सुन्दर र महान छ । उहरणीय र अनुकरणिय छ । अरु खर्च प्रवेश शुल्क र प्रयोजकहरुको सहयोगबाट पूरा गरिन्छ । सुरक्षा व्यवस्था चुस्त बनाउन स्थानिय प्रशासन संग समन्वय गरेर ४०/५० जना एसआईए सेक्युरिटी लाईन्स होल्डर सुरक्षाकर्मी तैनाथ गर्नुपर्छ । ९/१० ओटा लाईसेन्स होल्डर सुरक्षाकर्मीहरु संस्थाले भोलियन्टरको रुपमा खटाउँछ । नत्र प्रशासनले सुरक्षा चुनौतीको संवेदनशिलता देखाएर कार्यक्रम रोक्न खोज्छ । फुटबल खेललाई मर्यादित बनाउन फिफाले मान्यता दिएको रेफ्री र लायन्समेनको व्यवस्था गर्नु पर्छ । त्यसको लागि उचित पारिश्रमिकको व्यवस्था गर्नु पर्छ । त्यसै गरि २/३ ओटा एम्बुलेन्स पनि कार्यक्रम स्थलमा स्ट्यान्ड वाई राख्नु पर्दछ । एम्बुलेन्समा ५/६ जना प्राथमिक उपचारको दक्ष व्यक्ति खेल अवधिभर तयारी अवस्थामा राख्नु पर्छ । विशाल जन समूह बीच अकस्मात कसैलाई केहि हुन गएमा आकस्मिक सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन एम्बुलेन्सको व्यवस्था गर्नु परेको हो । यसरि सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेपछि मात्र कार्यक्रम आयोजना गर्न अनुमति मिल्छ ।


१) २००३–०४ नविन गुरुङ मिन प्रसाद गुरुङ
२) २००५–०६ क्या. ग्यारी घले मेजर डमर घले एमबिई
३ं) २००७–०८ क्या इन्द्र गुरुङ मेजर लाल बहादुर गुरुङ
४) २००९–१० क्या. बालकृष्ण गुरुङ सुवासिं गुरुङ
५) २०११–१२ क्या. सूर्य प्रकाश गुरुङ मुछेत्र गुरुङ
६) २०१३–१४ क्या. धन बहादुर गुरुङ कमल गुरुङ
७) २०१५–१६ क्या. पिताम्बर गुरुङ रामचन्द्र गुरुङ
८) २०१७–१८ क्या. पिताम्बर गुरुङ ग्याम गुरुङ
९) २०१९–२० क्या. पिताम्बर गुरुङ नन्दजंग गुरुङ

लेखकः एकेन्द्र गुरुङ






