गोरेको बयान जारी

SHARE:

विराटनगर, सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा विहीबार दोस्रो दिन पनि बयान लिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा विहीबार पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो । उप्रेतीले १६ पृष्ठको बयान दिएको बताइएको छ । मंगलबार पक्राउमा परेका उनको बयान बुधबारदेखि शुरु भएको हो । उनले बुधबार बयानका लागि उपस्थित भएपछि आपूः असुरक्षित महसुस गरिरहेकाले मानवअधिकारकर्मीको निगरानीमा हिरासतमा बस्नुपर्ने भनी अदालतसँग माग गरेका थिए ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएकामा यही जेठ ८ गते २८ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । एक जनालाई साधारण तारेख र एक जनासँग धरौटी माग गरिएको थियो । उप्रेती पक्राउमा परेपछि अब फरार आरोपीको सङ्ख्या ३२ रहेको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशानुसार कारागार पठाइएकामध्येबाट एक जना पूर्वप्रहरी नायब महानिरीक्षक र पाँच निलम्बित प्रहरी अधिकारी गरी छ जना छन् । जिल्ला अदालतले वैशाख १९ गते ६३ जनामाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० पैसा १३ बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!