नेपाली समुदायबीच बेलायतमा निकै लोकप्रिय रहेको गोर्खा कप फुटबल प्रतियोगिता आउँदो २७ मे २०१८ का दिन अल्डरसटस्थित क्विन्स एभिन्यू खेल मैदानमा हुँदैछ । सन् २००३ मा सुरु भएको गोर्खा कप १६ औं वर्षमा आइपुग्दा धेरै खेलप्रमीहरुको रोजाई बन्न पुग्यो गोर्खा कप । यसवर्षको प्रतियोगितामा दर्शकहरुले गतवर्षभन्दा अझ बढी मनोरञ्जन लिन पाउने आयोजक तमुधिं यूकेका खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्याप्टेन पीताम्बर गुरुङले बताएका छन् । क्याप्टेन गुरुङले विगत ४ वर्षदेखि गोर्खा कपको संयोजकको जिम्मेवारी लिँदै आएका छन् । यसपटकको गोर्खा कपको तयारीबारे संयोजक गुरुङसँग एभरेष्ट टाइम्सले गरेको छोटो कुराकानी ।
गोर्खा कपको तयारी कस्तो भइरहेको छ ?
यही मे महिनाको २७ तारिख आइतबारका दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा आयोजना हुन लागेको १६ औं गोर्खा कपको आवश्यक पूर्वाधार पूरा भएको छ । यसपटक आइडिया फर नेपालद्वारा पाँच बर्षका लागि प्रायोजन प्रदान गर्ने भएको छ । टिम दर्ता निर्धारित समयभन्दा अघिनै पुरा भएको छ । अन्य तयारी अन्तिम अवस्थामा आइपुगेको छ ।
कतिवटा टिमले भाग लिँदैछन् ?
यसवर्ष मुख्य टिमतर्फ ३२ वटा र भेटरेनतर्फ १० वटा टिमले भाग लिँदैछ ।
कति दर्शकहरु आउने अपेक्षा गर्नुभएको छ?
गतवर्ष जतिकै उपस्थिति हुने हो भने १३ हजार दर्शकको उपस्थिति रहने छन् । तर, हामीले कम्तीमा पनि १० हजार दर्शक आउने अपेक्षा गरेका छौं ।
हेल्थ एण्ड सेफ्टी र सुरक्षालाई व्यवस्थापन गर्नुभएको छ ?
हेल्थ एण्ड सेफ्टीलाई बिशेष ध्यानमा राखेर एम्बुलेन्स र फस्ट एडर, डाक्टर र खासगरी एनआरएनए युके युवा समूहले हेल्थ क्याम्प संचालन गर्ने भएको छ । र, सुरक्षालाई व्यवस्थित गर्नका लागि स्थानीय प्रहरी र सेक्युरिटीको व्यवस्था गरेका छौं । इभेन्टमा अल्कोहललाई निषेध गरिएको हुनाले बियर र रक्सी नल्याइदिनहुनका लागि पनि अनुरोध गर्न चाहन्छु । हमसायर प्रहरीको स्टल सहित ५० भन्दा बढी आन्तरिक सेक्युरिटी र ५० भन्दा बढी स्वंयसेवककको व्यवस्था गरिएको छ । आपसी संचारका लागि वायरलेस रेडियो संचालनमा ल्याउने छौं । फोहर व्यवस्थापनका लागि तमुधिं हमसायर ईकाई र ओकिङ्ग ईकाई समेत ट्राफिक व्यवस्थापनमा खटिने भएको छ । त्यस्तै, १०० भन्दा बढी मोबाईल शौचालयको व्यवस्था गरिएको छ ।
मौसमले साथ देला ?
मौसम त उनै दयालु भगवानको हातमा छ, बेलायतको मौसमको बिषमता अपरिहार्य छ । तर हामी र हाम्रो व्यवस्था मौसमको प्रतिस्पर्धाको लागि तयारी छ । भनिन्छ, “क्ष्त ष्क लयत तजभ धभबतजभच, ष्त ष्क तजभ अयितजष्लन थयग जबखभ”। तयार हुनुहोस्, आउनुहोस् मौसम राम्रै हुने छ ।
अन्त्यमा केही छ कि ?
गोर्खा कप फुटबल २०१८ समय अर्को हप्ता हो २७ मे २०१८ आइतबार, बिहान ९ बजे हामी शुरु गर्नेछौं, आउनुहोस्, रमाउनुहोस्, भेट्नुहोस्, परिवार ल्याउनुहोस्, विभिन्न क्रियाकलापहरुमा रम्नुस् । अरु सुधार गर्नुपर्ने सरसल्लाह दिनुहोस् ।






