बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदीको कैद सजाय माफी

SHARE:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छन् ।

 

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

द्वन्द्वकालीन मुद्दामा जेलमा रहेका पूर्वसभासद् तथा तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेलले रिहा भएलगत्तै सञ्चारकर्मीहरुसित कुरा गर्दै युद्धमा शान्ति र शान्तिमा युद्धको खेती गर्नेहरुले आफ्नो रिहाइ रोक्न मुद्दा हालेको बताए । ‘नेपाललाई समृद्धिको होइन, कंगालको राष्ट्र बनाउनेहरुप्रति मेरो घृणा छ,’ उनले भने।

उनी रिहा भएर लगत्तै तत्कालिन माओवादीको मुख्यालय तथा हाल नेकपाको पार्टी कार्यालय पेरिस डाँडा पुगेका थिए । त्यहाँ उपस्थितहरुलाई सम्बोधन गर्दै उनले आफूलाई मानवअधिकारवादी भन्नेहरुले फसाएको आरोप लगाएका थिए। आक्रोशपूर्ण भाषण गर्दै उनले मानवअधिकारवादीहरु सुवोध प्याकुरेल लगायतको नाम तोकेरै आफूलाई डलर कमाउनकै लागि जानाजान दु:ख दिएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका दिन आम माफी दिएसँगै डिल्लीबजार कारागारमा रहेका ढुंगेल रिहा भएका हुन्। उनको स्वागतमा ठूलो संख्यामा पार्टीका नेताहरु कारागार परिसर पुगेका थिए । ढुंगेललाई माफी दिन लागिएको विरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी नै रहेको छ। अदालतले सोमबार ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!