लमजुङ २० भदौ । कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङका परिवार नै कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण पुष्टि भएर छ दिनदेखि जिल्लाको सहजीस्थित आइसोलेसनमा बसिरहेका पत्रकार गुरुङले आफ्ना बुबा, आमा र श्रीमतीमा पनि शनिबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।
पत्रकार गुरुङका ७५ वर्षीय बुवा र ६५ वर्षीया आमामा दम समस्या समेत रहेको छ ।
पत्रकार गुरुङलाई कोरोना देखिएपछि परिवारका सदस्यहरुको पनि स्वाब संकलन गरिएको हो । उनका छोरोको मात्रै रिपोर्ट आउन बाँकी रहेको पत्रकार गुरुङले जानकारी दिए ।
गुरुङ परिवारको स्वाबको पीसीआर क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको हो । पत्रकार गुरुङ नेपाल पत्रकार महासंघ लमजुङ शाखका अक्ष्यक्ष समेत हुन् ।






