प्रसंगवश : मन हो ठूलो र माया हो महत्त्वपूर्ण

SHARE:

हरिकुमार (काजी) गुरुङ

हालसालै कृष्ण लेक सरेका छन् । त्यसैको सेरोफेरोमा रहेर मेरा केही शब्दहरू खर्चिने अनुमति माग्दछु । कृष्ण मेरो लागि धेरै थोक हुन् । उनी मेरो गुरु, भाइ, साथी र सम्भावित् व्यावसायिक पार्टनर पनि हुन् । उनीसँग धेरै कुरा सिकेको छु र सियर हुन्छ ।

मेरो अनुभवमा कृष्ण अध्ययनशील, मिहिनेती, अनुभवी, समय र अबसर चिन्ने /बुझ्ने मान्छे हुन् ।

मैले उनलाई लेक नै तान्ने कोसिस गरेँ । तर छोराको स्कुलले उनी ग्रानथाम भन्ने लेकमा हानिए । उसो त म बसेको १२ माइलभित्र पनि पाँचवटा ग्रामर स्कुल छन् । उनको मैले धेरै भएर भुले कि…. मैले राम्ररी भन्न भ्याएनछु कि…..के भयो ….उनले पछि यता आउने कोसिस पनि गरेका थिए ।
जेहोस् उनी लेकतिर आए, खुशी लाग्यो । अब करिब १०० माइलभन्दा माथि आयौ….भोक लाग्दा, दुःख पर्दा पस्न पाइने भयो !
कृष्णको बसाइँसराईले म उत्साहित भएँ…..

खुशीले तात्तातो नै भेट्ने समय मिलायौ । लेक डिस्टिक क्याम्पेनको योजना थियो तर मौसमले साथ दिएन । डाक्टर मधुकर दाइ र भाउज्यू ढिलो गरी राति आइपुग्नुभयो। रतन बाबुको परिवार पहिलेदेखि नै त्यहीँ हुनुहुन्थ्यो । हाम्रो भालेपोथी पनि थपियौ !

मीठो खानपिन अनि ह्याम पेचाउ!!!
गज्जबको फन भयो । साथमा शिव तिमिल्सिनाजी पनि थपिनुभयो । उहाँ पनि रसिक स्वभावको लाग्यो ।
अबेरसम्म बस्यौं……नयाँ घर केही सेटल भएको थिएन भुइँमा सुत्यौं…तर पनि आनन्द लाग्यो…!
मन हो ठूलो र माया हो महत्त्वपूर्ण ।

भोलिपल्ट न्युटन बाजेको गाउँ हेरौं भनी गयौं तर पापी कोरोनाले बन्द रहेछ । गेटमा फोटो खिच्यौं ।

शिबजीको घरमा पनि धादिङे नास्ता लियौ । उहाँको हस्पिटलटी र बारीको अर्गानिक फलफूलको स्वाद गज्जब थियो । उहाँको परिवारलाई धन्यवाद छ।

डाक्टर मधुकर दाइ र भाउज्यू हामीसँग लेकतिर आउनुभयो ।
खोई निकै मन पराएको हो कि जस्तै गरी भन्नुभएको थियो “लेक जाऔ भनी उक्साउने म, तिमी सर्‍यौं, कृष्ण पनि सर्‍यो……तर उतै…. अब उताको बेच्छु र …. मेरो लागि घर हेर्नु भनी काजी भाइ ।”

साढे दुई दिन उहाँहरू बस्नुभयो, घुम्नु भयो । हामी दुइभाइ यति धेरै ठट्टा गर्नुपर्ने हुन्छ…….धन्य छ दाइ यो माया हो । अब छिटो आउनुभएमा जिस्किन पाइन्थ्यो भन्ने लागिरहेको छ !

२०१४ मा ननिटन, लेस्चर र योर्क यात्राले हामीलाई लेक बसाइँसराई ठीक हुन सक्तछ भनी सोंच हामी तीन भाइको बनाएका थियौं । । दुइभाइ त आइसक्यौ क्यारे ! बिचारा मार्कोपोलो डाक्टर साप उतै !!

बधाई छ कृष्ण बाबु र सिर्जनालाई । नजिकै आइपुग्यौं, सजिलो भयो, धन्यवाद छ !

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!