एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको आमा समूहले सञ्चालन गरेको ६ दिने न्यूङ्ने ब्रत सम्पन्न भएको छ ।
गत २१ मे २०१८ बाट शुरु भएको ब्रत गत २६ मे २०१८ शनिबार बिहान साढे ९ बजे प्रमुख गुरु खेन्पो छेवाङ्ग गुरुद्वारा पूजा गरी सम्पन्न भएको हो ।
सो न्यूङ्ने ब्रत आमा समूहकी अध्यक्ष पुष्पा गुरुङको नेतृत्वमा निवर्तमान आमा समूहकी अध्यक्ष ज्ञानु गुरुङ, १०८ न्यूङ्ने बसिसकेका सल्लाहकार अकलादेवी गुरुङ, संयोजक मेजर खुसीमान गुरुङ र अन्य आमा समूहको सहयोगबाट सम्पन्न भयो ।
सो पूजाका लागि गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ गुरु, बीसीसी युकेको निमन्त्रणामा नेपालबाट आएका खेन्पो शिर लामा, खेन्पो छिरिङ्ग, पल्देन लामा, लामा गुप्ती गुरुङ, लामा रक्षा गुरुङ र लामा जनता गुरुङको सहभागिता रहेको थियो ।
६ दिनको न्यूङ्ने ब्रतमा अस्टशीलको पालना गर्नुपर्दछ । जस्मा, प्राण हत्या नगर्नु, झुटो नबोल्नु, पर स्त्रीगमन नगर्नु, मादक पदार्थ सेवन नगर्नु, चोरी नगर्नु, उच्च स्थानमा नबस्नु र सिंगार बस्तु नलाउन पाउने छैन ।
अन्तिम दिनमा श्रद्धेय खेन्चेन पेमा शेरब रिन्पोछे गुरुको बुद्ध प्रवचन न्यूङ्नेसम्बन्धी प्रवचन दिनुभई बेलुकी ६ बजे रिन्पोछे गुरुको बहुलीबाट आर्य अवलोकेतेस्वोरा र तारा देवीको अभिशेक वाङ ग्रहण गरिएको थियो । कार्यक्रमको अन्त्यमा बीसीसी युकेका अध्यक्ष नारायणप्रसाद गुरुङ र आमा समूहकी अध्यक्ष पुष्पा गुरुङले सबै जनालाई उपस्थिति र सहयोगका लागि धन्यवाद दिएका थिए ।


