सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीद्वारा अदालतमा आत्मसमर्पण

SHARE:

विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री बिहीबार जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराए ।

सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायत विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्री सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले बयानका लागि पत्र काटे लगत्तै फरार थिए।

फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए।

तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!