नुवाकोट गोल्डकपः कास्की सेमिफाइनलमा

SHARE:

नुवाकोट, ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ ।

बट्टारस्थित खेलमा मैदानमा आइतबार भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा नै कास्की–११ को तर्फबाट मानबहादुर तामाङले गरेको गोल निर्णायक भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा नै पराजय व्यहोरेको एपिएफ क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणको पहिलो खेलमा काठमाडौँ–११ लाई हराएको कास्की दोस्रो खेलमा पनि विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको आयोजक नुवाकोट जिल्ला फुटबल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!