भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने समय आयो : अध्यक्ष गुरुङ

SHARE:

लन्डन  कात्तिक १० । गैरआवासीय नेपाली संघ यूके (एनआरएनए यूके)की अध्यक्ष पुनम गुरुङले भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने समय अहिले आएको बताएकी छन् ।

एनआरएनए यूकेले आयोजना गरेको “नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा र समानताका लागि गरिएको गोर्खाज आन्दोलन” विषयमा शनिबार आयोजित एक जुम वेबिनार कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेकी हुन् । उनले एनआरएन नागरिकताको विषय ५०/६० लाख गैरआवासीय नेपालीहरुको सरोकारको विषय भएको उल्लेख गर्दै भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने अहिले समय आएको बताइन् ।

उनले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बनेका सरकारहरु अनुदार रहेको भन्दै गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताका लागि एनआरएन यूकेले सरोकारवालाहरुसँग छलफलमा लागि रहेको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!