प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गरेका छन् ।
आकस्मिक रूपमा बोल्न समय मागेका शाहले सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।
– विदेशमा रहेका नेपालीले मतदान गर्न दुई एउटा नेपाली दूतावासमा गएर मत दिने र अर्को मोबाइलबाटै मत दिने विकल्पहरू हुने बताए ।
– भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ
– लिपुलेक विवाद टेबुल टक र डिप्लोमेटिक हिसाबले समाधान हुन्छ
– तुरुन्तै विद्युतीय युगमा जान सकिँदैन, पूर्वाधार विकास गर्न बिजुलीमा भ्याट लगाइयो
– मानव अधिकारको मात्र होइन, सबै प्रतिवेदन कार्यान्वयन हुन्छ
– सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ






