लन्डन । सहारा यूकेका पूर्वअध्यक्ष ले.रि.कुसाङ गुरुङ र पञ्च गुरुङ दम्पतीले ५० हजार रुपैयाँ भूमिदान सहयोग गरेका छन् ।
पुरानो ठेगना पर्वत चारभञ्ज्याङ हाल युके निवासी गुरुङले सपरिवारको तर्फबाट काठमाडौं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको ‘केन्द्रीय कार्यलय गुम्बा भवन’ निर्माणको लागि भुमिदान सहयोग स्वरूप पचास हजार रूपैयाँ सहयोग गरेको अध्यक्ष शिर लामा गुरुङले आइतबार जानकारी गराएका छन् । उनले भूमिदान सहयोग गरेकोमा गुरुङ दम्पतीलाई धन्यवाद दिँदै सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।






