लन्डन कात्तिक १८ । गिरिजाप्रसाद कोइराला (जिपिके) फाउन्डेशन अमेरिकाले कोभिड –१९ को संक्रमणबाट नेपाली समुदायलाई जोगाउन सक्रिय भूमिका निर्वाह गर्ने विपिन निरौला लगायतका पत्रकारहरुलाई सम्मान गरेको छ । निरौला बेलायतमा संचालित हिमालयमेल डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन् ।
सम्मानपत्र पाउने पत्रकारहरुमा अजय बावु सिवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङछिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा(तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, केपि भट्ट, मनिषा लामिछाने, दिपक परियार, सुनिता शर्मा कोइराला, गौतम ढकाल लगायतका छन्। सन् २०२०, मार्च महिनाको अन्तिम साताबाट जुलाई महिनाको अन्तिमसम्म कोभिड –१९ को संक्रमणका बेला समुदायलाई सचेतना फैलाउन सक्रिय रुपमा रहेका पत्रकार र सामाजिक अभियन्ताहरुलाई फाउन्डेशन अमेरिकाले गत अक्टोबर ३१ मा विभिन्न अवार्डबाट सम्मान गरेको फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामालाई गिरिजाप्रसाद कोइराला फाउन्डेशनकी केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कोभिड १९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान प्रदान गरेकी थिइन् ।






