लन्डन । गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङले विवाह गरेका छन् । चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत रहेका प्रितमले बुधबार डा.उषा गुरुङसँग लगनगाँठो कसेका हुन् ।
विवाहपछि सामाजिक सञ्जालमा फोटो पोस्टाउँदै प्रितमले लेखेका छन्, ‘जन्म, मृत्यु अनि लगन – लेखेर आको हुन्छ रे । देखेकोले होइन लेखेकोले, कुरेकोले होइन जुरेकोले हुन्छ रे । हो रहेछ । शुभ साइत – नयाँ अध्यायको शुरुवात’
प्रितम र डा. उषाको विवाहबारे चलचित्र निर्देशक एवं नायक माओत्से गुरुङले फेसबुकमा लेखेका छन्, ‘वैवाहिक जीवनको शुभकामना मालिक र डाक्टर उषा बैनीलाई । तपाईंहरुको विहेको साक्षी बन्ने मौका जुर्यो ।’
यसैगरी लोक तथा दोहोरी गणेश गुरुङको प्रतिक्रिया छ, ‘धेरै वर्ष कराइयो,लौन दिन घर्कियो भनेर । आजबाट भने हाम्रो मुखमा बुजो लागेको छ। अर्को वर्षबाट भान्जा/भान्जीको तिर्सना पोखम्ला। नयाँ जीवन अझ विशेष र रोमाञ्चक बनोस् । यो नयाँ यात्रा तर गाढा सम्बन्धको लागि गुरुङ चलचित्रका जननी आदरणिय सोल्टिराजा प्रितम गुरुङ र तमु समुदायकै सान प्रिय बहिनी डा.उषा गुरुङलाई हार्दिक बधाई/शुभकामना व्यक्त गर्दछु। डाइरेक्टर र डाक्टरको जोडी अरुको लागि पनि उदाहरण बनोस्,हार्दिक शुभेच्छा ।’
तमु (गुरुङ) कलाकार संघ केन्द्रीय समितिका अध्यक्ष सागर गुरुङले फेसबुकमा लेखेका छन्,’तमु गुरुङ कलाकार संघ नेपालका सल्लाहकार तथा गुरुङ चल चित्रका नायक तथा निर्देशक प्रितम गुरुङ वैवाहिक जीवनमा बाँधिनु भएकोले सफल वैवाहिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।’
नायक तथा मोडल आनन्द गुरुङले फेसबुकमा लेखेका छन्, ‘नवदाम्पत्य जीवन सुख, शान्ति, प्रेम, विश्वास र समृद्धिले भरिपूर्ण रहोस्।। सँगै बिताउने हरेक पल अविस्मरणीय बनोस्। उज्ज्वल र सुखद दाम्पत्य जीवनको धेरै-धेरै शुभकामना’
नायक तथा निर्देशक प्रितम गुरुङले ५० औं नेपाली फिल्म ‘मुख्या’ बनाइसकेका छन् । प्रितम तीनपटक बेलायत आइसकेका छन् । प्रितम पहिलो पटक २०२२ को अन्त्यमा नुमा फिल्म प्रदर्शनका लागि बेलायत आएका थिए ।






