बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन

SHARE:

बझाङ । बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा छविसपाथीभरा गााउँपालिका–४ डाँडागाउँका ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया जलादेवीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका–१ का ३५ वर्षीय लालबहादुर भण्डारीको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छविसपाथिभरा गाउँपालिका–५ का ४५ वर्षीय सोभान धामी र ३ का ३१ वर्षीया गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको ।

उनीहरुको थप उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा पठाइएको र अन्य घाइते मृतक वीरेन्द्र सिंहका दुई वर्षय छोरा भूपेन्द्र सिंह, छविसपाथीभेरा–३ की २७ वर्षीया पशुपती नेपाली र गणेश नेपालीकी सात महिनाकी छोरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नंको जिप छविस पाथीभेरा गाउँपालिका–४ को भेटाखानमा दुर्घटना भएको थियो । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । जिप चालकको समेत मृत्यु भइसकेको र अन्य प्रत्यक्षदर्शीसँग अहिले सोधपुछ गर्ने वातावरण नभएका कारण अनुसन्धानमा समेत समस्या भएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!