जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌‌को अपील

SHARE:

लन्डन माघ १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌ले इंग्ल्यान्डमा हुन लागेको जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई अपील गरेको छ ।

२०२१ मार्च २१ मा हुने जनगणनामा इंग्ल्यान्डवासी नेपाली सहभागिताका लागि आग्रह गरिएको हो । उक्त जनगणनामा नेपालीको सहभागिता व्यापक गर्ने पहलस्वरुप विभिन्न जानकारीमूलक कार्यक्रम गर्ने योजनासमेत परिषद्का सचिव गोविन्द खरेलले जानकारी दिए ।
उनका अनुसार बेलायतको ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) संग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहेर परिषद्ले जनचेतनामूलक काम अघि बढाएको स्थानीय नेपाली समुदायलाई जनगणनाको महत्व, यसमा सहभागी बन्दा समुदायका लागि हुने लाभ लगायत विषयमा जानकारी दिने र जनगणनामा आफ्नो विवरण भर्न प्रोत्साहित गर्ने गरी काम गरिने छ ।

जनगणनामा व्यापक सहभागिता हुन सके बेलायतमा नेपालीहरुको पहिचान थप बलियो हुने र समुदायको लागि राज्यबाट थप सुविधाहरु उपलब्ध हुन सक्ने भन्दै परिषदले सबैलाई सहभागी हुन आव्हान गरेको छ । जनगणनाका क्रममा व्यक्तिको उमेर, स्वास्थ्य, लिङ्गदेखि उनीहरुको आस्था तथा धर्म, संस्कृति, पेशा आदिबारे प्रश्न तयार गरी सूचना संकलन गरिने र त्यो तथ्यांककै आधारमा राज्यका शिक्षा, स्वास्थ्य, समान अधिकार लगायतका महत्वपूर्ण नीति तथा योजना तर्जुमा हुने भएकाले जनगणनाको ठूलो महत्व रहने परिषदको भनाइ छ ।

‘जनगणनामा हाम्रो राम्रो उपस्थिति जनाउन सक्यौं भने धेरै फाइदा लिन सक्छौं । बेलायतको सरकारी प्रयोजनमा हाम्रो नेपाली भाषालाई मान्यता दिलाउने अभियानमा पनि जनगणना एक प्रभावकारी माध्यम बन्न सक्छ भन्ने हामीलाई विश्वास छ’, परिषदका अध्यक्ष दिपक श्रेष्ठले भने, ‘हामी बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था, युवा, बुद्धिजीवी सबैलाई यस अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दछौं ।’ एनआरएनए इंग्ल्यान्ड परिषदले विगत एक महिनादेखि ओएनएससंग प्रत्यक्ष सम्पर्कमा रहेर जनगणनामा समुदायको सहभागिता बढाउनमा लक्षित तालिम तथा गोष्ठीहरुमा सहभागी बन्दै आएको उनले बताए ।

जनगणनामा इंग्ल्यान्डका नेपालीहरुको सहभागिता बढाउने लक्ष्यमा विभिन्न सूचनामुलक गतिविधि सञ्चालनका लागि एनआरएनए यूकेले इंग्ल्यान्ड परिषदलाई जिम्मेवारी दिएको हो । वेल्समा समेत मार्च २१ मै हुने जनगणनामा स्थानीय नेपालीको सहभागितालाई प्रोत्साहन गर्न वेल्स समन्वय परिषदमार्फत गतिविधि गरिने एनआरएनए यूकेको योजना छ ।

जनगणनामा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको व्यापक सहभागिताका लागि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ तथा कार्यसमितिद्वारा इंग्ल्यान्डमा बसोबास गर्ने नेपालीहरुको पहिचान खुल्ने गरी बनाउँदा यहाँ बसोबास गर्ने नेपालीहरुको आफ्नो पहिचान र सही तथ्यांक रहने र अल्पसंख्यक नेपालीहरुलाई भविष्यमा आफ्नो मातृभाषाको आधिकारिकताकोलगायत अन्य प्रयोगमा प्रशस्त रुपमा मार्ग खुल्ने बताएका थिए ।

जनगणना के हो त ?, जनगणनाका फाइदाहरु
जनगणना प्रत्येक १० वर्षमा इंल्यान्ड तथा वेल्सभित्र बसोबास गर्ने मानिसहरुको बारेमा आँकडा संकलन गर्ने प्रक्रिया हो । यस प्रक्रियामा उमेर, स्वास्थ्य, लिङ्गदेखि लिएर यहाँ बसोबास गर्ने मानिसहरुका आस्था तथा धर्म, संस्कृति, पेशालगायत अन्य महत्वपूर्ण विषयहरुका सम्बन्धमा प्रश्न तयार गरी सूचना संकलन गरिन्छ र उक्त संकलन गरिएको आङ्कणाहरु शिक्षा, स्वास्थ्य, समान-अधिकारलगायत अन्य महत्वपूर्ण सरकारका योजनाहरुमा लगानी तथा निर्यणहरु लिनका लागि प्रयोग गरिन्छ । सरकारले कोही पनि सुविधाबाट बन्चित हुनु नपरोस् भन्ने अभिप्रायबाट आयोजना गरिने यो जनगणना कार्यक्रममा हाम्रो सम्पूर्ण नेपाली समुदायको पूर्ण सहभागिता रहोस् ।

जनगणना कुन कुन राज्यमा हुँदै छ ।
बेलायतका चार राज्यहरु मध्ये ईङ्ग्ल्याण्ड र वेल्स मा २१ को दिन हुन गैरहेको छ जसको जिम्मेबारी Office for National Statistics द्वारा लिईने छ भने स्कटल्याण्डमा २०२२ मा हुन गइरहेको छ। नर्दन आइयर्ल्याण्डको जनगणना पनि २१ मार्च २०२१ कै दिन हुन गइरहेको छ । स्कटल्याण्डमा National Record of Statistics द्वारा ब्यवस्थापन गरिन्छ भने उत्तरी आयरल्याण्डमा Northern Ireland Statistics and Research Agency द्वारा ब्यवस्थापन गरिन्छ ।

स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्ड मा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई त्यहाँको सम्बन्धित नियम तथा प्रक्रियाअनुरुप व्यापक सहभागी भई नेपालीहरुको प्रतिनिधित्व गराउन पनि राज्य समन्वय परिषद् हार्दिक आग्रह गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!